चितवन : चितवन मेडिकल कलेजले भुतपुर्व विद्यार्थीहरुको बृहत भेला सप्पन्न भएको छ ।

“Cmc alumni meet 2022” नाम दिएर यहि ११ गते शनिबार गरिएको कार्यक्रममार्फत “मार्गबोध” नामक alumni magazine को पहिलो संस्करण लोकार्पण गरिएको थियो ।
चितवन मेडिकल कलेजका कार्यकारी निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा बिशेष  अतिथिका रुपमा अमेरिकाबाट क्यान्सर रोगबारे विशेषज्ञता हासिल गरेका डाक्टर प्रकाश थपलिया आएका थिए ।

“मार्गबोध” का प्रमुख सम्पादक डा. सुवास सुबेदीले पुस्तक निकाल्न सहयोग गर्ने  सह-सम्पादक सिल्भिया महर्जन र डा.सन्देश लामिछाने लगायत सबैलाइ बिशेष धन्यवाद दिँदै विशेषज्ञता हासिल गरिसकेका चिकित्सकको शैक्षिक यात्रा समेटिएको पुस्तकले नयाँ युवा चिकित्सकहरुलाइ भबिस्यको यात्रा पहिल्याउन सहज हुने बिश्वास व्यक्त गरे ।

प्रमुख अतिथि डा न्यौपानेले सबै ब्याचका विद्यार्थीहरुलाइ एकै ठाउँमा भेट्न पाउँदा खुशी लागेको बताउँदै आफ्ना विद्यार्थीहरुले  हासिल गरिरहेका प्रगति देख्दा गर्व हुनेगरेको बताए ।

बिशेष अतिथि डा थपलियाले नेपालदेखि अमेरिका अनि मेडिकल अधिकृतदेखि क्यान्सर रोग विशेषज्ञसम्मको आफ्नो यात्रा सुनाउँदै युवा चिकित्सकहरुको जिज्ञासाको जवाफ दिएका थिए । 
चितवन मेडिकल कलेजबाट उत्रीण भएका एमबीबीएस , बिडिएस, नर्सिङ ,प्यारामेडिक्स सबैलाई कार्यक्रममा बोलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय