
केहि हप्ता अघिसम्म डा.भोजराज अधिकारी बिरामीहरुबीच मात्र परिचित एक नाम थियो । चितवनका “चलेका फिजिसियन” ऊनी गठबन्धनको तर्फबाट चितवन -३ बाट प्रतिनिधि सभा उम्मेद्बार बनेपछि चौतर्फी चासोका पात्र बनिरहेका छन् ।
अघिल्लो चुनावमा प्रचण्ड निर्वाचित भएको र अहिलेपनि अन्तिमसमयसम्म प्रचण्ड नै उठ्ने भनेर निश्चितप्राय बनिसकेको ठाउँमा अन्तिम समयमा उठाइएका डा.भोजराज चिकित्सा कर्मबाट “राजनीतिक राजमार्ग” मा आएका छन् ।
गठबन्धनका उम्मेद्बारसँगै आफ्नै सत्र बर्षे चिकित्सा कर्मबाट कमाएका असंख्य सुभचिन्तक भएकाले चितवन -३ मा उनको विजय निश्चितप्राय देखिएको उनको चुनावी कार्यक्रममा हिँड्नेहरु बताउँछन् ।
एमालेको आफ्नो उम्मेद्बार नभएको अनि राप्रपाबाट उम्मेद्बारी दिएका बिक्रम पाण्डेले दुइ दशक यस क्षेत्रबाट चुनाव लडिसक्दा पनि उचित पहलकदमी लिन चुकेको धरातलीय यथार्थका बीच काङ्ग्रेस – माओवादीका साझा उम्मेद्बार डा. भोजराजलाइ सबैभन्दा बलियो उम्मेद्बारका रूपमा हेरिएको छ ।
डाक्टरी समुदायका माग उठाउँद सम्बोधनको अग्रसरता लिन प्रतिनिधि नभएकाले नेपालको चिकित्सा शिक्षा र चिकित्सकको सुरक्षामा राज्यको ध्यान नपुगेको भन्दै चिकित्सा क्षेत्रले एकरुपतामा आवाज उठाइरहेको सन्दर्भमा डा.भोजराजको उम्मेद्बारलाइ चिकित्सा क्षेत्रले स्वागत गरेको देखिन्छ ।
…..
२०३६ चितवनको पहाडी भू-भाग कुरिनघाटको कमेरे भन्ने ठाउँमा जन्मिएका भोजराजलाई उनका आमाबुबाले ९ महिनाको उमेरमा डोकोमा बसाइ सारेर पश्चिम चितवनको पटियानी (साविक भरतपुर महानगरपालिका-२२) ल्याए । निम्न वर्गीय उनको परिवार १० वर्ष त अरुकै घरमा बस्यो ।
आफ्नै मिहिनेतबाट सरकारी छात्रवृत्तिमा नाम निकालेपछि डाक्टर बनेर अन्यत्रबाट आएका अबसरहरु त्यागेर निरन्तर चितवनमै बसेर चिकित्सा कर्मबाट जनतालाइ प्रत्यक्ष सेवा दिइरहेका डा.भोजराजलाइ माओवादी केन्द्रका अध्यक्षले बिश्वास गरेर अन्तिम समयमा टिकट दिएका हुन् ।
टिकट हत्याउन हप्तौंसम्म काठमाडौँको होटेलमा बसेर शीर्ष नेताको ढोका चहार्ने उम्मेद्बारहरुबीच अपबाद बनेका डा.भोजराजलाइ बिरामी जाँच्दै गर्दा आफुलाइ उम्मेद्बार बनाउने निर्णय थाहा पाएको ऊनी स्वयंले बताउने गरेका छन् ।
…
उम्मेद्बारी दर्तासँगै आज आजभोलि डा. भोजराजलाइ अस्पतालको क्याबिनमा बिरामी जाँच्दै होइन ,घर-टोलमा पुगेर मत माग्दै गरिरहेको भेटिन्छ ।
तर, नेपाली चुनावी परिदृश्यमा सधैंजसो देखिने भाषणको औपचारिकता भन्दा डा.भोजराज चुनावी कार्यक्रमसँगै आफ्ना बिरामीहरुलाइ सरसल्लाह दिनुका साथै घरैमा फलो-अप गरिरहेका भेटिन्छन् ।
भाइटिकाको अघिल्लो दिन आफ्नै पुर्ख्यौली गाउँमा चिया खाँदै गर्दा भेटिएका डा.भोजराजलाइ नियमित देखाइरहने एक बिरामी मतदाताले प्रश्न गरिहालिन् –
” तपाइँलाइ जिताएपछि हामीलाई कसले बचाउँछ त”?
डा.भोजराजले राजनीतिको राजमार्गमा आउनुपर्ने कारण बताउँदै आफु प्रतिनिधि सदस्य भएपछि आफुले अहिलेसम्म गर्दैगरेको पेशालाइ कसरी ब्यवस्थापन गर्ने भनेर कन्क्रिट प्लान बनाइसकेको बताउँदै भने –
” अस्पताल नपुगुन्जेल छिटो पुग्नपाए हुन्थ्यो भन्ने सोच अनि पुग्नेबित्तिकै आर्थिक बोझ सम्झेर कति दिनसम्म अस्पताल बस्नुपर्ला भन्ने अर्को पिर” को दीर्घकालीन ब्यवस्थापन गर्न निश्चित सोच बनाएको र त्यहि सोचको कार्यनयन गर्नपनि आफु राजनीतिमा आउने निर्णय गरेको सुनाउँदै गर्दा प्रश्न सोध्ने महिला रोइरहेकी थिइन् ।
चुनावी कार्यक्रममा आइरहने यस्ता भावनात्मक क्षणलाइ ब्याख्या गर्दै पछि भने -” यस्तो सकारात्मक उर्जा पाउने अनि सदाबहार देवत्वकरण हुने पेशाबाट उठेर “फोहोरी खेल” मा आउनुभन्दा पहिले मैले धेरै सोचबिचार गरेकैले म आफ्नो लक्ष्यमा सफल हुन्छु भन्नेमा प्रष्ट छु ।
” सबैभन्दा बढी समाज कसैले बुझेको छ भने त्यो डाक्टरले हो । बिरामीलाइ उपचार गर्दैगर्दा उसले बिरामीको रोगबारे मात्र बुझ्दैन, बिरामी सामाजिक – आर्थिक – ब्यवहारिक पाटोसम्म बुझ्छ । अर्थात् , अस्पतालको ओपिडीमा बसेर बिरामीलाइ हेर्दै गर्दा उसले बिरामीको भान्सा देखि गोठसम्म , आर्थिक पाटोदेखि घरखेतसम्म सबै बुझिसकेको हुन्छ ” – उनले थपे ।
…
नेपाली मुख्य राजनीतिक पार्टीहरुले युवा प्रतिनिधिलाइ अबसर नदिएको , विशेषज्ञताको कुनै कदर नभएको जनआक्रोश बढिरहेको सन्दर्भमा माओवादी केन्द्रले डा.भोजराजलाइ दिएको टिकटले समग्र युवामा आशाको सञ्चार गराएको देखिन्छ ।
अर्कोतिर , आफ्नै मिहिनेतबाट हासिल गरेका उच्चतम ब्याक्तिगत उपलब्धिलाइ थाँती राखेर राजनीतिक राजमार्गमा आउनु भनेको डा.भोजराजले लामै साकार बनाउन सकिने सपना देखेका छन् भन्ने संकेत गर्छ ।
थप :
आफ्नो मुख्य प्रतिस्पर्धी भनिएमा राप्रपाका बिबादास्पद ठेकेदार नेता बिक्रम पाण्डेले अहिलेसम्म प्रतिनिधित्व गर्दा देखाएका सपना अधुरै पारेको भुक्तभोगी मतदाताले उल्लेख संख्यामा आफुलाइ बिमार पर्दा सधैं सहयोग गरेका ,आफुजस्तै पृष्ठभुमिबाट उठेर एउटा मुकाम बनाएका आफ्नै गाउँघरका युवा डा.भोजराजलाइ जिताउन तयार रहेका पुर्वसंकेतहरु प्रशस्त देखिन्छन् ।
अरु,त जनता जनार्दन !
मंसिर चारपछि !