
Opd मा कन्सल्टेन्ट सरसँग बसेर बिरामीको जाँच र उपचार गर्दै थिएँ । घाँटीमा stethescope पनि भिरेको नै थिएँ।
तर , सदा झैँ बिरामीको blood pressure नाप्न बाहेक stethescope खासै प्रयोग भएको नै थिएन । प्राय बिरामी हस्पिटल आउनुहुन्थ्यो अनि हामी सामान्य सोधपुछ पछि investigation फर्ममा हतार हतार के के जाँच पठाउने भनी भर्नमा नै आत्तुर हुन्थ्यौँ ।
लाग्थ्यो , बिरामी हस्पिटल आएको नै जाँच गराउन मात्र हो।
……
पढिन्जेल त सुरुमा सामान्य सोधखोज र जाँच(History taking and examination) बिरामीको उपचारको प्रमुख पाटो भनेतापनि हामी काम गर्दा भने प्राय जाँच (Investigation)पठाउनमा मात्र हतार गर्दा रहेछौं।
यदि गरेनै पनि त्यति समय सोधपुछ गर्न र जॉच्नमा दिदैंनौ ।
के Proper history taking and Examination पढुन्जेललाई र परीक्षामा लेख्नलाई मात्र हो त ? काम गर्न थालेपछि गर्नु नपर्ने हो र ?
हुन त “देश अनुसारको भेष” भनेझैँ बिरामीहरू पनि के समस्या लिएर आउनु भो भन्ने प्रश्न गर्न नपाउँदै पेटको भिडीयो एक्स्रे गर्ने, मृगौलाको जाँच गर्ने, सुगर हेर्ने ,Whole body check up भन्दै विभिन्न जाँचको नाम भन्नुहुन्छ । आफ्नो समस्या के हो, के भएर हस्पिटल आउनुपर्यो त भनी दोर्याही तेर्याही सोधेपछि बल्ल पेट दुखेर, हातखुट्टा झमझमाएर, ज्वरो आएको ४-५ दिन भो भन्नुहुन्छ ।
कोही भने यस्तो समस्या भएको थियो, Google गरेको त मृगौला खराब भएको छ, cancer हुन सक्छ भन्ने पढेँ अनि हतार हतार हस्पिटल आएको डा. साप भन्दै पनि आउनुहुन्छ । अझै कोही त हजुरलाई यस्तो समस्या छ, यसो गर्नुस न भनी सल्लाह दिँदा उल्टै मैले Google मा त यस्तो पढेको थिएँ भन्दै डाक्टहरू सँग वादविवाद पनि गर्न पछि हट्नुहुन्न ।
पहिला पहिला रोगबारे थाहा नै नभएर सामान्य रोग लाग्दा पनि मान्छेको ज्यान जान्थ्यो भने अहिले त्यस्तो अवस्था भने छैन । तैपनि आजकल मान्छे बढी जान्ने बन्न खोजेर भनौँ वा Google को सहायता लिएर भनौँ डाक्टरको मा जाँदापनि सबै पहिलै थाहा थियो जस्तै गर्दे उल्टै डाक्टरलाई सिकाउन तम्सिन्छन् । आफ्नो समस्या राम्रो सँग नभन्ने बरु यो डाक्टरले यसो गर्यो, त्यो डाक्टरले उसो गर्यो भन्दै उल्टै डाक्टरको उपचार पद्दती माथी शंका गर्छन। एउटा डाक्टरकोमा चित्त नबुझेर धेरै डाक्टरहरू चाहार्छन र अन्त्यमा अनावश्यक जाँच साथै औषधीको सेवन गर्न बाध्य हुन्छन् ।
यसो भनिरहँदा एउटा डाक्टरको उपचार पद्धती ठिक नलागे अरुकोमा जानै नहुने भन्न खोजिएको होइन । तैपनि एउटै रोग सम्बन्धी धेरै डाक्टरकोमा जाँच गराउँदा औषधीमा मात्र फेर बदल हुनुका साथै बिरामीको बारे पर्याप्त जानकारी हुँदैन की भन्ने मात्र हो। कुन डाक्टरकोमा देखाउने भन्ने सम्पूर्ण अधिकार बिरामीमा नै हुन्छ नै, यसमा कसैले प्रश्न गर्न नै मिल्दैन नी होइन र ?
तैपनि आफुलाई लागेका कुरा व्यक्त गरेको मात्र । अन्यथा नलिनुहोला है ।
यसरी नै स्वास्थ्य क्षेत्र चल्नु राम्रो त पक्कै होइन होला । हाम्रो जस्तो विकाशन्मुख राष्ट्रमा सबै स्वास्थ्य सेवा सरकारले निशुल्क दियोस् भन्नु पनि फलामको चिउरा चपाएजस्तो नै छ । तैपनि हामी सबै मिली चालिरहेको स्वास्थ्य बिमालाई अझै राम्रो बनाउन साथै स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउन हातमा हात मिलाएर अघि बढ्नु पर्ने देखिन्छ ।
आखिर के गर्न सकिन्छ त?
- स्वास्थ्यकर्मी र बिरामीबीच राम्रो समन्वय र वार्तालाप गर्ने, रोगको प्रकार साथै बिरामीको अवस्था राम्रो सँग बुझ्ने र बुझाउन प्रयास गर्ने ।
- दुवै पक्ष ल्याबोरेटरी जाँच लाई मात्र पहिलो प्राथामिकता नदिई बिरामीको अवस्थाबारे बुझ्न र बुझाउन खोज्ने ।
- रोगको अवस्था र कुनै रोग पत्ता लगाउन गरिने ( screening) जाचँबारे बिरामीलाई राम्रोसँग बुझाउने र गर्न लगाउने ।
- अहिले भैराखेका बिरामी र स्वास्थ्यकर्मी बीचका असमझधारी लाई न्युनीकरण गर्न एकअर्कालाई सहयोग गर्ने
- बिरामीले पनि आफुले नबुझेका कुरा स्वास्थ्यकर्मीसँग राम्रो तरिकाले सोध्ने र स्वास्थ्यकर्मीले पनि झर्को नमानी बताउने ।
….
माथी उल्लेखित बुँदा त उदाहरण मात्र हुन् । मुख्य कुरा भनेको जनचेतना फैलाउने र कसरी हुन्छ सबै मिली हातमा हात मिलाई स्वास्थ्य क्षेत्र राम्रो बनाउन लाग्नु नै हो ।
एकले अर्कालाई दोष र गाली गरेर होइन कि राम्रो गर्नलाई प्रोत्साहन साथै केही कमी कमजोरी भए समयमा नै ध्यान दिई सधैँ सम्भावनाका ढोका खुल्ला राख्नु पर्छ ।
यसले, उसले, त्यसले, उनीहरूले केही गरेनन् भन्ने होइन की मैले ,हामीले केही गर्नुपर्छ भनी सधैँ सकरात्मक सोच राखी अघि बढे कसो स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन नसकिएला त ?