काठमाडौँ – स्वास्थ्यपाटी :
काठमाडौँको बसुन्धारामा रहेको चिरायु अस्पतालमा कार्यरत डाक्टर लगायत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
आफ्नो नाम नबताउने सर्तमा त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले भने – धेरैजनाले जेठदेखिको तलब पाएका छैनौं । असारदेखि त कसैले पाएकै छैन । दिनहुँ दश लाख बढीको कारोबार हुने यस अस्पतालमा तलब माग्न जाँदा अस्पताल घाटामा रहेकाले तत्काल दिन नसकिने भन्छन् ” ।
अस्पताल घाटामा हुँदा कार्यरत कर्मचारीहरुले पनि केहि महिना कुर्न तयार हुनुपर्ने बताउने गरेको अर्का एक कर्मचारीले बताए ।
“केहि महिना पनि कुर्न नसक्ने भए , अन्यत्र गए हुन्छ भन्ने आशयले कुरा गर्छन् ” – एक कर्मचारीले बताए ।
यस बिषयमा कुराकानी गर्न अस्पतालको ल्यान्डलाइन नम्बरमा फोन गर्न माथीको निकायसंग कुरा गर्न जवाफ आयो । त्यसपछि , अस्पतालका अपरेसनल डाइरेक्टर चन्ढेस्वर बैद्यलाइ सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय