डेंगु एक प्रकारको लाम्खुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग एडिस एजिप्टाई(Aedes aegypti) लामखुट्टे को टोकाइ देखि लाग्छ ।
यो लामखुट्टे अरु भन्दा विशेष हुन्छ। यसको खुट्टा र शरिरमा सेतो र कालो धर्का हुन्छ र यसले बिषेशगरि बिहान सबेरै र साँझपख टोक्ने गर्दछ। यो लामखुट्टेले संकलित सफा पानीमा आफ्नो वृद्धि विकास र आफ्नो जीवन चक्र पूरा गर्ने गर्दछ। यो लामखुट्टे विशेषत सूर्योदय भएपछि र सूर्यास्त हुनुभन्दा केही घण्टा अगाडी बढी सक्रिय हुने र टोक्ने गर्दछ।
तसर्थ, सोही समयमा डेंगी संक्रमण फैलने सम्भावना पनि बढी हुने गर्दछ । यो लाम्खुट्टेले स्थिर र सफा पानीमा अन्डा पार्छ । गमला, एसीमा समेत पानी जमेको छ भने अन्डा पार्छ ।
ades को पोथी जातको लामखुट्टेलाई फुल पार्नका लागि प्रोटिन आवश्यक पर्छ । मानिसको रगतमा प्रचुर मात्रामा प्रोटिन पाइन्छ । त्यसै कारण पोथी लाम्खुट्टे ले मान्छे लाई टोक्छ भने भाले लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवनयापन गर्छ ।

बिगत केही समय देखि पाटन अस्पताल लगायत देशका विभिन्न अस्पतालका इमर्जेन्सी तथा बहिरंग बिभागमा डेङुका बिरामीको अत्यधिक चाप बढेको छ । अहिले पाटन अस्पतालमा दिनमा अहिले ७/१० जना जस्तो ज्वरोको बिरामीलाई डेँगु देखिने गरेको छ |

ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ ।

सामन्यतया धेरै जसो बिरामीलाई माथी उल्लेखित लक्षण देखिन सक्छ्न, तर केही ब्यक्तिमा भने यो रोगले प्राणघातक रुप पनि लिन सक्छ । यसको मुख्य कारण एकपटक डेङ्गु भईसकेर त्यसविरूद्ध रोगप्रिरोधात्मक शक्ति विकास गरेको व्यक्तिलाई अर्को पटक फरक प्रजाती को Dengue भाइरस ले विरामी पार्दा dengue hemorrhagic fever र shock syndorme हुने सम्भावना रहन्छ ।

के हो त dengueका प्रा‍णघातक लक्षण ?
माथी उल्लेखित लक्षण बाहेक –
१.शरीरका विभिन्न भागमा रातो दाना (डाबर) देखा पर्नु
२.पेट दुख्नु
३.निरन्तर बान्ता हुनु
४. शरीरका विभिन्न भाग देखि रगत बग्नु
५.कलेजो सुन्निनु
६.शरीरमा रगत को कमि हुनु
माथी उल्लेखित समस्या थप जटिल बन्दै गए shock syndorme तर्फ बिरामी पुग्ने छ । यो स्थिति निकै भयावह एवं ज्यान नै गुमाउनु पर्ने पनि हुन सक्छ |

डेङगु देखि बच्ने उपायहरु :
फोटोमा हेर्नुहोस् !


उपचार :
यो प्रजातीको लामखुट्टेलाई फुल पार्नका लागि प्रोटिन आवश्यक पर्छ । मानिसको रगतमा प्रचुर मात्रामा प्रोटिन पाइन्छ । त्यसै कारण पोथी लाम्खुट्टेले मान्छेलाई जब टोक्छ , तब मानिसको रगत पातलो बनाउने देखि रक्त नलि फुट्ने हुन्छ ।
त्यस्तो अवस्थामा उक्त रक्तस्राव बन्द गर्ने तत्व बिरामीको रगतमा कमि भइ थप रक्तस्राव हुने हुँदा , रगतलाई थप पालतो बनाउने औसधि खानु हुँदैन । सामान्य रुपमा सिटामोलले नै ज्वरो नियन्त्रणमा लिनुपर्छ । यो संगसंगै घरेलु उपचारको विधि जस्तै धेरै झोलिलो , पोसिलो खाने कुरा खानु पर्दछ । सामान्यतया यो रोगको लक्षण ५-७ दिनमा आफै हराउँदै जाने हुन्छ्न, तर बिचमा Danger sign देखा परे तुरुन्तै नजिकैको स्वस्थ्य संस्थामा सम्पर्क गर्नु पर्दछ |

(लेखक डा.पौडेल पाटन अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत छन् ) ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय