चितवन : नेपाल प्रगतिशील चिकित्सक संघ- चितवन शाखाले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा इमर्जेन्सीमा कार्यरत डाक्टरमाथी भएको आक्रमणको गम्भीर बिरोध गरेको छ ।

संघले आज सार्वजनिक गरेको बिज्ञप्तिमा भनेको छ – “ड्युटीमै रहेको चिकित्सकमाथि आफ्नै संस्थाको जिम्मेवार कर्मचारीलेनै गरेको यस किसिमको आपराधिक कार्यको जति निन्दा र भर्त्सना गर्दा पनि कम हुन्छ। यस घटनाबाट चिकित्सक आफ्नै अस्पतालमा , आफ्नै सहकर्मी बाट पनि संरक्षित र सुरक्षित छैनन भन्ने बुझ्न सकिन्छ”!
संघले चिकित्सकहरुको छाता संगठन “नेपाल चिकित्सक संघ” लाइ यस्ता घटनाको दोषीलाइ कारबाही गर्न गम्भीरतापुर्वक पहलकदमी लिन आग्रह समेत गरेको छ ।

घटनाको पीडित सहकर्मीप्रति पुर्ण सहयोग रहेको जनाउँदै उसले बिज्ञप्तिमार्फत उसले भनेको छ -“यस आपराधिक घटनाको दोषी उपर अविलम्ब कडा भन्दा कडा बिभागिय कारवाहिका साथै हालै पारित भएको “Jail Without Bail” अन्तरगत हदैसम्मको सजाय दिलाउन समस्त चिकित्सकवर्ग लाइ एक भएर दवाब सृजना गर्न समेत अपिल गर्दछौं” ।
हिजो बिहीबार घाउको टाँका इमर्जेन्सीमै आफुले भनेको समयमै नखोलिदिएको भन्दै त्यहीँ प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि आक्रमण गरेको सिसिटिभि फुटेजपनि सार्वजनिक भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय