सिन्धुपाल्चोक- चौतारा :

सिन्धुपाल्चोकको सदरमुकाममा रहेको चौतारा अस्पतालमा काम गरिरहेका डाक्टरहरुको कोठाभित्र पसेर बिरामी पक्षले गाली गलौज गरेको भन्दै डाक्टरहरुले आपत्ति जनाएका छन् ।

“आज बुधबार बिहानको खाजा खाने समयमा खाजा खाइरहेको अवस्थामा क्वाटरभित्र प्रवेश गरेर “कुटपिट गर्छु, यहीँ धुनिदिन्छु” भन्दै धम्काएकाले आफुहरुले असुरक्षित महसुस गरेको कार्यरत डाक्टरहरुले बताए ।

अन्य समयमा पनि काम गरिरहेका स्वास्थ्यकर्मीलाइ विभिन्न बाहानामा धम्काउने, गालीगलौज हुने गरेतापनि आफुहरुले आफ्नो जिम्मेवारी निभाइरहेको तर अहिले आएर यो घटनापछि मानसिक स्वास्थ्यमा समेत असर परी जुन कुनै समयमा भौतिक आक्रमण हुने डर भएकाले आफुहरुको सुरक्षाको जिम्मेवारी लिनुपर्ने ऊनीहरुले बताए ।

स्वास्थ्यकर्मीलाइ आक्रमण गर्ने विरुद्ध “जेल विथआउट बेल” को कानुनलाइ कार्यनयनमा ल्याएर एकदिनभित्र दोषीमाथी कारबाही नगरेर आफुहरु थप आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने उनीहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय