काठमाडौँ :
सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश (Society for Nepalese Doctors of Bangladesh)को आयोजनामा बंगलादेशबाट अध्ययन गरेर फर्किएका  सम्पूर्ण डाक्टरहरुको  पुनर्मिलन समारोहमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजाललाइ “लाइफ टाइम सर्भिस अवार्ड” प्रदान गरिएको छ । आजभन्दा पचास बर्ष पहिले बंगलादेशबाट विशेषज्ञता हासिल गरेपछि अनबरत रूपमा स्वास्थ्य सेवा पुर्याउँदै आउनुभएका डा.रिजाललाइ सम्मान गर्न पाउँदा गर्व मिलेको सोसाइटीका संस्थापक डा.राकेश शाहले बताए ।


स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङको प्रमुख उपस्थितमा भएको कार्यक्रममा बंगलादेशबाट पढेर नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी निभाइरहेका २५ जना डाक्टरहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खापुङले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उपलव्ध गराउन बंगलादेशको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।


कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, प्रधानमन्त्री कार्यालयका विज्ञ सल्लाहकार डा आरपी विच्छा, नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, बंगलादेशका लागि नेपालका पूर्वराजदूत द्धय प्राडा चोपलाल भुसाल, डा बंशीधर मिश्र, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल लगायतले बंगलादेशमा अध्ययन गर्दाका अनुभूति बताएका थिए ।


कार्यक्रमको संयोजन गरेका डा राकेश साहले बंगलादेशबाट अध्ययन गरी फर्केका डाक्टरहरुको संख्या ५ हजार बढी पुगेको भन्दै नयाँ र पुराना डाक्टरबीच चिनजान गर्ने र परिआउँदा एक अर्कालाई सहयोग गर्ने उदेश्यले पुर्न मिलन कार्यक्रमको आयोजना गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय