काठमाडौँ : 

सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश (Society for Nepalese Doctors of Bangladesh)को आयोजनामा बंगलादेशबाट अध्ययन गरेर फर्किएका  सम्पूर्ण डाक्टरहरुको  पुनर्मिलन समारोह आयोजना हुनेभएको छ ।
सोसाइटी फर नेप्लीज डाक्टर्स अफ बंगलादेश (Society for Nepalese Doctors of Bangladesh) बंगलादेशबाट एमबीबीएस/ बीडीएस  तथा MD/MS अध्ययन गरेर Nepal मा काम गर्ने सम्पूर्ण नेपाली डाक्टरहरुको समूह भएको एउटा गैर-लाभदायक सस्था हो। स्थापना भएको लगभग १.५ वर्षको अन्तरालमा यस संस्थाले नेपालका विभिन्न ठाउमा स्वास्थ्य शिविर, भर्चुअल सोशल कार्यक्रम  गर्नेदेखि बंगलादेशबाट अध्ययन गरेका  doctors लाई सहयोग जस्ता कार्यक्रमहरु गर्दै आएको छ। यस संस्थाले अहिले यो पुनर्मिलन कार्यक्रमको आयोजना गर्न लागेको हो ।

बंगलादेशबाट अध्ययन गरेर फर्किएका लगभग ५००० भन्दा बढ़ी डाक्टरहरु, सीनियर लगायत जुनिएर सबैले एकअर्कालाई चिनजान गर्ने साथै परिआउँदा सहयोग गर्न सक्ने भएकाले, व्यावसायिक जीवनमा संगसंगै अगाडि बढ़ौ(Let’s grow together in our Professional life) भन्ने स्लोगन  सहित  यस सस्था द्वारा  यो कार्यक्रम आयोजना गर्न लागिएको यसका  संथापक, कोलोरेक्टल सर्जन साथै यस कार्यक्रमका कार्यक्रम संयोजक डा. राकेश शाहले बताए।
कार्यक्रम  “लैनचौर बैनकुएट’, काठमाडौँमा ३० जुलाई (श्रावण १४ गते)का दिन दिउँसो ३ देखि ६ बजेसम्म हुनेछ।
यस समारोहमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल ,  प्रधानमन्त्री र मुख्यमन्त्री कार्यालयका स्वास्थ्य सल्लाहकार डा. आर. पी. बीच्छ , चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी ,  नेपाल मेडिकल काउनसिलका अध्यक्ष डा. भगवान कोइरालाका  साथै नेपाल चिकित्सा संघका अध्यक्ष डा. लोचन कार्की उपस्थित हुने डा.शाहले बताए ।
त्यस्तै , बंगलादेशबाट नेपालका लागि राजदूत सलाहुद्दिन नोमन चौधरी र  नेपालबाट बंगलादेशका लागि पूर्व राजदूत डा. बंसीधर मिश्रपनि आउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय