स्वास्थ्यपाटी -रसुवा :
रसुवा जिल्ला अस्पतालले म्याद गुज्रिएका औसधिको उचित ब्यवस्थापन गरेर टेबलटेनिस बोर्डको निर्माण गरेको छ । अस्पतालहरुको टाउको दुखाइको बिषय बन्ने गरेको फोहोर ब्यवस्थापनमा रसुवा जिल्ला अस्पतालले अलिक भिन्न शैली अपनाएको अस्पतालका मेसु डा.शान्ति भुर्तेल नेपाल(१०औं तह) ले जानकारी दिनुभयो।
इनर्टिजेसन(Inertization) र इन्क्यापसुलेसन(Encapsulation) प्रबिधिबाट यो कार्य गरेको उहाँले बताउनुभयो ।
“इनर्टिजेसनको माध्यमबाट हामीले म्याद गुज्रिएको औसधिलाइ बालुवा-गिटीसँग मिसाएर टिटी बोर्ड बनाइयो अनि इन्क्यापसुलेसनको माध्यमबाट थप औसधिलाइ बोर्डभित्र प्याक गरेर निर्माणको क्रममा उपयोग गरियो” – डा.भुर्तेलले बताउनुभयो ।
उचित ब्यवस्थापकीय शैली अपनाउँदा बाताबरणमैत्री हुनुको साथै वरिपरि सरसफाइ कायम भएको फार्मेसी अधिकृत राजेश श्रेष्ठले बताउनुभयो ।
अस्पतालजन्य फोहोरको उचित ब्यवस्थापनमा सहरी अस्पतालको समेत लापरबाही भइरहने समाचारका बीच रसुवा जिल्ला अस्पतालको यो ब्यवस्थापन शैलीबाट अन्यत्रका अस्पतालले पनि सिक्न सके !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय