
काठमाडौँ:
चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)ले क्लिनिकल पोस्टिङको समय पुरा नगराइकन एमबीबीएस अन्तिम बर्षको अन्तिम परीक्षा लिन लागेकोमा विद्यार्थीहरुले आपत्ति जनाएका छन् ।
महाराजगन्ज टिचिङ क्याम्पसबाहेक अन्य कुनै पनि मेडिकल कलेजमा अन्तिम बर्षको लागि तोइएको क्लिनिकल पोस्टिङको समय नसकिएको र पर्याप्त पोस्टिङसम्म नगराइकन नियमनकारी निकायले आइओएमले जबर्जस्ति परीक्षाको मिति तोकिएकाले आफुहरु अन्योलमा परेको विद्यार्थीहरुले बताए ।
आइओएमका डिन र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाइ पठाएको छुट्टाछुट्टै निवेदनमा विद्यार्थीहरुले लेखेका छन् -” महाराजगन्ज क्याम्पसमा कागजी रुपमा पोस्टिङ सकिएको देखाएर अन्य टियु सम्बन्धित मेडिकल कलेजका विद्यार्थी/कलेजसँग सामान्य जानकारीसम्म नलिइ आइओएमले गैरजिम्मेवारी देखाएको छ “।
क्लिनिकल पोस्टिङ पुरा नगराइकन लिइएको परीक्षाको बैधानिकतामाथि भबिस्यमा प्रश्न उठे को जिम्मेवार हुनेछ भन्ने प्रश्न गर्दै विद्यार्थीहरुले सामुहिक रुपमा स्वास्थपाटिलाइ पठाएको निबेदनमा सोधेका छन् -” पर्याप्त क्लिनकल अनुभवबिना पाइने डिग्रीले अन्ततः विद्यार्थीको बर्षौँको मिहिनेत खेर जानेमा हामी चिन्तित छौँ “।
यस बिषयमा पटकपटक आइओएमका डिन प्राडा.दिब्यासिंह र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाइ लिखित गुनासो गर्दा पनि कुनै पहलकदमी नलिएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।