
स्थानीय चुनाव सकियो !
चुनाव जितेकाको बिजय जुलुस अनि हारेकाको “शोक सप्ताह” पनि सकियो होला सायद!
चुनावी नारा अनि बाँडेका ति सपनाको पो के चाल होला!
एकचोटि सम्झनु त!
…
एकचोटि चुनाव उठ्दै गर्दा तपाईंहरुले देखाएका स्वास्थ्य सम्बन्धि कुराकानी सम्झनु त?
कि,
चुनावी कुरा चुनावी नतिजासँगै सकिएर जान्छ?
चुनावी नाराहरु पूरा होला वा नहोला त्यो आफ्नो ठाउँमा छ ।तर ,
जनतालाई सिटामोल भन्दा पहिला स्वास्थ समन्धि जनचेतना दिनु जरुरी छ ।
तर कसले दिने ?
के राज्यले अहिले नै सबै वडा मा public health अफिसर राख्ने नीति लिएको छ र?
के राज्य ले वा पालिकाले हाल भएका स्वास्थ्यकर्मी लाई उनीहरुको चेतना बिस्तार गर्न कुनै तालिम दिने काम गरेको छ ?
अथवा छ भने , कस्तो जनशक्तिबाट दिइरहेको छ ?
स्वास्थ्यचौकीमा पनि ECG मेसिनको ब्यवस्था गर्न लागेको खबर सुनेँ । सरकारी स्वास्थ्य संस्थामै यस्ता सुबिधा दिने कुरा दुरदराजका नागरिकलाइ खुशीको कुरा हो ।
तर,
मेरो सामान्य प्रश्न छ – ECG पढेर Interpretation गर्न सक्ने जनशक्ति स्वास्थ्य चौकीमा छ?
ब्यवस्था गर्न सकिन्छ?
नत्र,
मेसिन किनेर थन्काउने मात्र जो भने त्यसको औचित्य के?
उचित जनशक्तिबिनाको मेसिन जडित स्वास्थ्य भवनले सेवा दिन सकिँदैन भन्ने अझैसम्म बुझिएको छैन होला र?
……..
आजपनि गाउँको स्वास्थ अवस्था उस्तै छ ।
नसर्ने रोगको लागि र स्वास्थ जनचेतना लागि बजेट बिनियोजन कति भयो ?
यदि भएको छ भने कसले दिने ?
के जनस्वास्थ्य बिज्ञ ले नै दिने हो? कि जसले दिएनि भो बजेट सक्न लाई ? स्वास्थ्यकर्मी साथीहरू मेरो प्रश्न छ ।
यो प्रश्न आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्न पनि हो ।
………
तपाईं कुनै स्वास्थ्य शाखाको प्रमुख हुनुहुन्छ र झोलामा बेच्न मिल्ने अैषधि कति बेच्दै हिड्नु भो ? स्वास्थ्यकर्मी लाई सोधेँ मेरो यो प्रश्न ।
आफ्नो कर्तव्यबाट बिमुख त हुँदै छैनौं हामी ?
अरुलाइ एक औंला औल्याउँदै गर्दा आफैंप्रति चार औंला फर्किरहेको कुरा कसरी बिर्सन सकिन्छ!
…
प्रिय निर्वाचित जनप्रतिनिधि ,
आफ्ना आफन्तको नाममा खोलिएका ट्रस्टमा लाखौं लगानी गर्नुभन्दा आफु हुर्केबढेको स्वास्थ्य चौकीमा एउटा स्थायी दक्ष जनशक्तिको ब्यवस्थापन गर्न सके कति गज्जब हुन्थ्यो !
यो पाटोबारे सोच्नेसम्म्मको फुर्सद तपाइँहरुको हुँदैन?
पद भनेको पाँच बर्षको हो।
तर,सम्झना पाँच पुस्ताभन्दा बढी सम्म पनि रहनसक्छ ।
त्यसैले, क्षणिक फाइदाको लागि भन्दा दुर्गामी महत्त्वका बिषयमा पहलकदमी लिनोस् ।
(लेखक जनस्वास्थ्य अधिकृत हुन् )।