काठमाडौँ :  अस्ट्रेलिया जाने विद्यार्थीहरुको मेडिकल जाँच नर्भिक अस्पताल र international organization of migration (IOM) मा मात्र गर्ने गरेकोमा सरोकारवालाहरुले चासो ब्यक्त गरेका छन् ।
दुइ अस्पतालबाट हुने जाँचलाइ मान्यता दिँदा सयौं विद्यार्थीले समयमा रिपोर्ट प्राप्त गर्न कठिनाइ भइरहेको गुनासो बीच अस्ट्रेलियन दूतावासले भने सेवा प्रदान गर्ने अस्पताल निकट भबिस्यबमै थपिने जानकारी गराएको छ ।
स्वास्थ्यपाटीले अस्ट्रेलियन दूतावासलाइ लेखेको पत्रको जवाफमा अस्ट्रेलियन उच्च आयुक्त नयाँ दिल्लीबाट पठाएको पत्रमा भनिएको छ ,” अहिले नेपालमा तीनवटा मात्र Australian Panel Clinic रहेको हुँदा यसै अन्तर्गतमार्फत स्वास्थ्य जाँच हरु हुँदै आएको छ । दुइ अस्पतालबाट मात्र यो सेवा दिँदा अत्याधिक चाँप बढेकोबारे हामी जानकार छौँ । यो समस्यालाइ समाधान गर्न हामी छिट्टै पहल लिनेछौँ ” ।
यता सरोकारवाला निकायहरुले चाँहि दुइ अस्पताललाइ मात्र सेवा दिने प्रावधान ब्यावहारिक नभएको बताउँदै यसले नेपालका अन्य अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवाको गुणस्तरमाथी शंका गरेको झैँ देखिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय