स्वास्थ्यपाटी – रसुवा :

रसुवा जिल्ला अस्पतालले पछिल्ला दिनमा आफ्नो सेवा थप्दै गहिरहेको छ ।
केहि महिना अघिसम्म मेसुबिहिन रहेको जिल्ला अस्पताल डा.शान्ति भुर्तेल नेपाल(दसौं तह) आएसँगै सेवा बिस्तार हुन थालेको छ ।
भुकम्पपछि देखि टेन्टभित्रबाट संचालित अस्पताल केहि पहिलेदेखि PreFlap मार्फत संचालन भइरहेको  र पक्की भवन बनाउन पहल भइरहेको अस्पतालले जनाएको छ ।
यस्तै,अस्पताल भित्रबाट निस्कने फोहोरहरुको उचित ब्यवस्थापनका सुरु गरिएको अस्पतालले जनाएको छ ।
नेपाल‌ सरकारले अस्पतालमामा सुत्केरी गराए बापत दिइने यातायात खर्च र  ४ ANC visit बापत दिइने प्रोत्साहन खर्च  डिस्चार्जकै समयमा दिइने व्यवस्था सुरु गरिएको जनाउँदै पहिला नपाएकाहरुलाइ पनि  सम्पर्क  गर्दै बोलाउँदै दिने कार्य गरिएको अस्पतालले जनाएको छ ।
बालबालिकाका लक्षित गरेर विभिन्न समयमा जिल्ला भित्रका विभिन्न विद्यालयका विद्यार्थीसँग स्वास्थ्यसम्बन्धि जनचेतना फैलाउँदै आएको बताउँदै अस्पतालले त्यसको सकारात्मक प्रभाव पनि देखिएको अस्पतालमा कार्यरत एक डाक्टरले बताए ।
“बालबालिकालाइ स्कुलमै गएर आधारभूत Screening गर्दै जनचेतना जगाउन मात्र गर्न सकियो भने धेरै रोगबाट बचाउन सकिन्छ । यसमा रसुवा अस्पतालले बिशेष ध्यान दिएको छ” -अस्पतालले एक सुचनामार्फत बताएको छ ।
महिनाको एकपटक काठमाडौँबाट मानसिक रोगको विशेषज्ञ डाक्टर बोलाइ सेवा दिइने गरेको जनाउँदै  ब्यवस्थित भौतिक संरचना नभएकोले  चाहे जस्तो सेवा प्रदान दिन  नसकिएको हुँदा अबको प्रमुख आवस्यकता  अस्पतालको नयाँ भवन रहेको अस्पतालले बताएको छ!
यस्तै, Nick Simon’s Institute (NSI) ले रसुवा अस्पताल सँग सहकार्य गरेर सामान्य शल्यक्रिया र प्रसुती सेवा विस्तारको लागि नयाँ कार्यक्रम सुरु गर्दै उक्त कार्यक्रमका लागि आवश्यक बिषेशज्ञ चिकित्सक, र आवश्यक उपकरण, औजार र सामग्री सहित सहयोग गर्ने भएको छ । यस कार्यक्रमका लागि उक्त संस्थाका कार्यक्रम प्रबन्ध निर्दशक डा. कासिम साह सहितको टोली २०७९/०२/३० गते यस अस्पताल भ्रमण गरी सहकार्यको प्रतिबद्धता भएको हो। यस कार्यक्रमका लागि सम्पूर्ण भौतिक र अन्य पूर्वतयारी छिटै गरी ३ महिना भित्र यस सेवाहरु सञ्चालन गर्ने निर्णय भएको छ ।
यस सेवाको सञ्चालन पश्चात गर्भवतीको सल्यक्रिया सहित को प्रसुती, एपेन्डिसाइटिस, हर्नियाको सल्यक्रिया जस्ता विषेशज्ञ सेवा रसुवाबासीहरुले लिन सक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय