
काठमाडौँ :
त्रिभुवन बिश्वबिद्यालय र नर्सिङ काउन्सिलले आपसी समन्वय नगर्दा अन्तिम बर्षको नर्सिङ परीक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीहरु महिनौं समय खेर जान लागेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
यहि असार २५ गते नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षाको मिति तोकिसकेको अनि त्रिभुवन बिश्वबिद्यालयले अन्तिम नतिजा २५ गते अगावै निकाल्न नसकिने भनेकाले विद्यार्थीहरु अन्योलमा परेका हुन् ।
“नर्सिङ काउन्सिलले केहि दिन मात्र ढिला परीक्षा लिए हामी विद्यार्थीहरुको सबै समस्याको समाधान हुन्छ । विद्यार्थीकै लागि बनेको काउन्सिलले यत्रो विद्यार्थीलाइ थप पीडा दिने गरि किन प्रस्तुत भएको होला? केहि दिन परीक्षा सार्दा के पो बिग्रिन्थो होला ” एक विद्यार्थीले गुनासो गरिन् ।
त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत अहिले तीन सय जनाले काउन्सिलको परीक्षा दिने बताउँदै एक विद्यार्थीले भनिन् -“केहि दिनको ढिलाइ हुँदा हाम्रो थप ५-६ महिना खेर जाने निश्चित छ ।यस्तो अवस्थामा त्रिभुवन बिश्वबिद्यालयले केहि दिन अधि नै नतिजा निकाल्ने अनि काउन्सिलले केहि दिन लाइसेन्स परीक्षा सारिदिने हो भने हाम्रो समस्या हल हुन्थ्यो । विद्यार्थीकै हकहितलाइ खुलेको नर्सिङ काउन्सिलले यति सामान्य कुरा नि किन नबुझेको होला”- लाइसेन्स परीक्षा दिनेबित्तिकै काम सुरु गर्ने बिचारमा रहेको बताउने विद्यार्थी कला अधिकारीले बताइन् !
आफुहरुले यसबारे छलफल गर्दा काउन्सिलकी अध्यक्ष सरला केसीले लाइसेन्स परीक्षा सार्न नमिल्ने ठाडो जवाफ दिएको विद्यार्थीहरुले बताए।