काठमाडौँ : नेपाल चिकित्सक संघले फेब्रुअरी-४ मा आफ्नो फेसबुकमार्फत एउटा सुचना जारी गर्यो ।
जसमा लेखिएको थियो -” भारतीय मेडिकल संस्था PGIMER-Chandigarh ले आयोजना गर्न लागेको International Public Health Management Program मा नेपाल चिकित्सक संघलाइ सहभागिताको लागि पत्र आएकाले योग्य मेडिकल डाक्टरहरुलाइ फेब्रुअरी-१० सम्ममा अनलाइन आबेदन दिनुहुन अनुरोध छ”!
धेरै चिकित्सकले त्यो अनलाइन आबेदन भरे ।
पछि,पुर्व सुचनाबिनै त्यो कार्यक्रम स्थगित भयो ।
निर्धारित समयभन्दा चार महिनापछि भएको कार्यक्रमबारे त्यो समयमा अनलाइन फर्म भरे धेरैलाइ जानकारी नै नदिएको डाक्टरहरुले गुनासो गरेका छन् । आफुहरुको अनलाइन आबेदन स्वीकृत /अस्वीकृत भएको बारे अनि केहि जानकारी नपाएको अनलाइन फारम भर्ने एक डाक्टरले स्वास्थ्यपाटीलाइ बताए ।
चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीको नेतृत्वमा आइतबार ४६ जना चिकित्सक एक हप्ते तालिमका लागि उडिसके। उनीहरुलाई तालिमसँगै भारतमा जाने र नेपाल फर्कने, खाने बस्ने लगायतका सबै सुविधा भारत सरकारले नै गर्ने छ।
प्रक्रिया अपारदर्शी भएकोमा डाक्टरहरुले गुनासो गरेका छन् ।
“डाक्टरहरुलाइ भनेर आएको कार्यक्रममा सबै पदाधिकारी पो गएछन् अन्तिममा “! फेरि, हामी पनि डाक्टर नै त हौं भनेर प्रस्टीकरण दिने होला”! आज फेसबुकमार्फत कार्यक्रमबारे जानकारी पाएका अर्का एक डाक्टरले बताए।
अर्का एक डाक्टरले नाम नखुलाउने सर्तमा भने -“चिकित्सक संघका अगुवाहरु स्वयंले डाक्टरलाइ प्रजातान्त्रिक -कम्युनिस्ट भन्दै बिभाजित गरि अनलाइन आबेदनलाइ वास्ता नगरी आफ्नै चिनेजानेका-आफ्नै समुहका डाक्टरलाइ मात्र लिएर गएका रहेछन् “!
“डाक्टरहरुलाइ प्राथमिकता राखिएको कार्यक्रममा सम्पुर्ण पदाधिकारीहरु जानैपर्ने बाध्यता के थियो होला “- एक डाक्टरले बताए ।
उता संघका अध्यक्षले लोचन कार्कीले भने पहिलो चरणमा ४६ जना गएपनि कार्यक्रमले अन्तिमसम्म १५ सय डाक्टरलाई तालिम प्रदान गरिने बताए ।
गएका नामहरु :
१.Aishana Joshi
२. Amar Shrestha
३. Anil Bikram Karki
४. Anupama Suwal
५. Ashish Shah
६. Atit Poudel
७. Badri Rijal
८. Bina Shrestha
९. Dilip Kumar Diwakar
१०. Surya Prasad Rimal
११. Bipesh Acharya
१२. Bipin Kumar Shrestha
१३. Bishwa Raj Dawadi
१४. Dipendra Pandey
१५. Gambir Shrestha
१६. Hemanta Bikram Dahal
१७. Kritipal Subedi
१८. Leison Maharjan
१९. Milan Chandra Khanal
२०. Parth Guragain
२१. Poonam Sharma
२२. Prakash Budhathoky
२३. Rajesh Kumar Yadav
२४. Rajya Khakda
२५. Samyukta Acharya
२६. Sanjeeb Tiwari
२७. Shanta Chauhan
२८. Sharad Baral
२९. Shiva Ram Sirmal
३०. Shrawan Kumar Mandal
३१. Smrity Maskey
३२. Suzit Bhusal
३३. Jagat Deep
३४. Juli Roy
३५. Kabir Thakali
३६. Lochan Karki
३७. Raj kumar Dangal
३८. Rakesh Shah
३९. Recha Poudel
४०. Rupesh Kumar Yadav
४१.Sailesh Shah
४२. Indu Kc
४३. Kumar Roka
४५.Pramod Joshi
४६.Yoveen Yadav

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय