
कसैले केहिल्यै सोचेको थियो होला, चुपचाप कर्ममा रमाइरहेको एक युवा अचानक यसरी “रास्ट्रिय प्रतिनिधि” बन्छ भनेर?
हो तपाइँलाइ नै सोधेको ,
कहिल्यै लाग्थ्यो – एउटा मान्छेको उम्मेद्बारीले अति फरक पर्छ समग्र राजनीतिमै भनेर?
एउटा मान्छेको उम्मेद्बारीले तीन पुस्ता बढी राजनीति गरेर खाइरहेकालाइ हल्लाइदिएको छ ।
“गाली गरे पनि हामीबाहेक को विकल्प आउला र” भनेर आनन्दित भएर बसेकाहरु निन्द्राबाट भख्खर उठेका छन् ।
ऊनी , अर्थात् बालेन!
…
चुनावी दिनसम्मअ स्वयंलाइ पनि बालेनले जित्छ्न् होला रत्तिभर लागेन।
तर,
समर्थन त जरुर थियो!
सम्झनु त,
“बालेनले मरिगए जित्देन! बालेनले जितेभने काठमाडौ जोडेर गैहाल्छु” भनेर सार्वजनिक बोल्नेहरु बालेन निर्वाचित भएपछि बधाइ-सुभकामना दिन बढो हतारिरहेका देखिन्छन् ।
..
यो पालिको बालेनको जीतको प्रमुख सन्देश के हो ?
“स्वतन्त्रहरुलाइ भोट दिएपनि जित्ने ठुलै दलका उम्मेद्बारले त हुन् नि । के दिइरहने स्वतन्त्रलाइ” भन्ने जुन सोच हामीमध्य धेरैमा थियो नि,त्यो भ्रम चाँहि नराम्ररी टुटेको छ!
र,
यो भ्रम टुट्नु नै अहिलेको सुखत सन्देश हो!
अब
त ,
दशकौंदेखि राजनीतिलाइ कमाइ खाने भाँडो बनाएकाले पनि कुकर्म गर्नुपहिले एकपल्ट आफैंलाइ प्रश्न गर्न बाध्य हुन्छन् !
…
निर्वाचित भएका यतिका दिनमा बालेनले के कति गरे?
मिडियाले के कति सहयोग गरे भन्ने आजभोलिका पुस्ताले नबुझ्ने कुरै रहेन!
दशकौंदेखि अस्तब्यस्त पारेको फोहोरमैलाको बैज्ञानिक ब्यवस्थापनमा पहलकदमी लिन होस् वा महानगरका कर्मचारीमाथि कडाइ , यि दुरगामी महत्त्वका बिषय हुन् ।
…
एउटै अनुरोध छ!
नतिजा आउनु अघिसम्म “बालनले जित्नैसक्दैनन् ” भनी ठोकुवा गर्दै हिड्ने ,
अनि जितेपछी,
“यो-यो गर्नपर्छ ,यस्ता सल्लाह छन् ”
भनेर हरेक बिषय-निर्णयमा आफ्नो दक्षता दिनुपर्ने!
ओहो!
कति दुख क्या हामी नेपालीलाई!
…
दशकौंसम्म यी अहिलेका रहिरहेका राजनीतिक पार्टी/नेतृत्वले केहो गर्ला कि भनेर पर्खिरहेका हामीले बालेन एन्ड टीमलाइ केही महिना पर्खने धैर्यता राख्न सक्देनौँ ?
कहि समय पर्खियौ न है।
(एक युवा)