काठमाडौंको कलंकी स्थित रहेको नेपाल नेशनल हस्पिटलले शनिबार बिभिन्न कार्यक्रमहरु बनाएर आफ्नो पाँचौ बार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री, अर्थ तथा गृहमन्त्री बिष्णु प्रसाद पौडेलले सबैका लागि सहज गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालको सक्रियता प्रशंसनीय रहेको बताए ।

देशको स्वास्थ्य क्षेत्रमा समस्याहरु धेरै रहेको भन्दै उपाध्यक्ष पौडेलले स्वास्थ्यकर्मीहरुका समस्या समाधान गर्दै र मनोबल बढाउँदै स्तरीय सेवाका लागि प्रोत्साहन गर्नुपर्ने बताए ।

बार्षिकोत्सवमा अस्पतालका मेडिकल डाईरेक्टर डा. प्रकाश पौडेलले अस्पताल स्थापनाको ईतिहास स्मरण गर्दै गुणस्तरीय सेवा प्रवाहका लागि सञ्चालक, स्वास्थ्यकर्मी र कर्मचारीहरु प्रतिबद्ध रहेको बताए।

बिगतमा कोभिडको उच्च जोखिमका बेला समेत साहसका साथ उपचारमा खट्न पाएको स्मरण गर्दै डा. पौडेलले २०७४ सालमा  शुरुवात भएको यो अस्पतालमा अहिले १८७ भन्दा बढि कर्मचारी, स्वास्थ्यकर्मी सकृय रहेको र दैनिक सय जनाभन्दा बढि बिरामीको उपचार भइरहेको जानकारी गराए । उहाँले अस्पताल छिट्टै जग्गा र भवनमा सञ्चालन हुँने बिश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय