(डा निकोलस भुसालले आगामी संघीय चुनावमा रुपन्देही क्षेत्र-२ बाट चुनावमा उठ्ने घोषण गरेर निर्वाचन लक्षित कार्यक्रमलाई अगाडी बढाइरहेका छन् । यसै सन्दर्भमा आफ्नो उम्मेद्बारी अनि योजनाबारे उनले यो लेखमार्फत थप प्रष्ट पारेका छन् ।)
                    मेरो उम्मेदवारी किन ?
म डाक्टर निकोलस भुसाल(कमल) ।
सहयात्रा राष्ट्रका लागि युवाको संस्थापक अध्यक्ष ।
“सहयात्रा राष्ट्रका लागि युवा” २०७६ भुकम्प देखि हावाहुरी देखि जोडिँदै, विभिन्न बिपन्न बिरामीहरुलाई बचाउदै अपाङ्गता भएका ब्यक्तिलाई अवसर र प्रोत्साहन दिदै सुरु भएको थियो । देशका विभिन्न स्थानमा गएर युवाहरुको सोच अनि सपना बटुल्दै जाँदा हामी को हौं र हाम्रो जिम्मेवारी के हो भन्दै खोज्दै जाँदा ?र देश बनाउने जुनुन बोकेर सामाजिक र आर्थिक परिवर्तनमा अगाडि बढिरहदा Visit Nepal २०२० लाई लक्ष्य राखेर २०१९ सालमा बसन्तपुरमा नेपालमा रहेका विभिन्न काइन्ड हर्ट सोसाईटी दारी ग्याङ, mrr, NBR, MWRR, पहिलो पाईला, Young Doctors association लगाएतका संघ संस्था अनि सामाजिक संस्थालाई सहयात्रा र सहकार्यमा जोडेका थियौ ।
२ ढुङ्गा बिचको तरुल हैन हाम्रो देश २ ढुङ्गा बिचको हिरा हो, भनेर स्वर्गको पहिचान नेपाललाई चिनौँ र चिनाउँ भन्ने अभियान सहित ७ प्रदेशको नामाकरण गरि विभिन्न स्वर्गका टुक्राहरुमा स्वस्थ्य, शिक्षा, कृषि, बाताबरण र पर्यटन सम्बन्धी कार्यक्रम स्वर्गको टुक्रा झापा देखि स्वर्गको टुक्रा दार्चुला सम्म गरेका थियौ ।
फोहोर बाट मोहोर कार्यक्रम गरि अन्नपूर्ण ट्रैललाई फोहोर मुक्त बनाएर पोखरा, काठमाडौं, झापा लगाएतका स्थानमा पनि कार्यक्रम गरेका थियौ । संकलन गरेका सपनाहरुलाई पूरा गर्न हामिले पानीले गाडी चलाउने देखि, नेपालको पहिलो सेटेलाईट संगै पहिलो रकेट् गरुडको उडाउनमा समेत महत्त्वपूर्ण भुमिका खेलेका थियौ ।
देशको कुनै पनि स्थानमा आपत बिपत पर्दा चाहे महोत्तरीको बाढी होस या हुम्लाको आगालागी जहिले पनि पुगेर आफू सक्दो साथ र सहयोग गरेका छौं र सधै गर्ने पनि छौं । देशको सामाजिक बिकासका लागि ७६ सालमा ७ वटा प्रोजेक्टबाट सुरु भएको हाम्रो सहयात्रा अहिले ११ वटा प्रोजेक्टहरुमा काम गरिरहेका छौं । कोरोनामा पनि सरकारले इटालीले त सकेन, भारतले त सकेन हामी कसरी सक्ने हो भन्दा पनि सकिन्छ भनेर सुरुमा पिपिई देखि मास्क बनाउने, नाकामा बसेर चेक गर्ने देखि, आईसोलेसन बनाउने देखि अक्सिजन र बेड संगै धेरै स्थानमा प्लान्ट पनि बनाएका छौं ।
देशको सामाजिक बिकासका लागि हामीले स्वस्थ्य नेपाल खुसी नेपाली, शिक्षित नेपाल बिलसित नेपाल प्रोजेक्ट बाट हामिले नेपाललाई ज्ञान भुमिको रुपमा बिकास गर्दैछौ । सबैका लागि स्वस्थ्य र शिक्षा बिमा गरि नपुगेको पैसा भाङ, लोकल रक्सी, जडिबुटी, रक्तचन्दन, अगरउढ लगाएतको खेतिको करबाट गर्नेछौं । बिदेशी बिरामी अनि बिदेशी बिध्यार्थिबाट पैसा लिएर अनि येहि बिमाबाट प्राईभेटलाई पनि सफल वनाउने छौं । ७७ वटा जिल्लामा ७७ वटा मेडिकल कलेज, ईन्जिनियर कलेज, संस्कृत कलेज, अध्यात्म, संगीत कला सबै पढाउने छौ नेपालिको लागि निशुल्क । पाठ्यक्रम फेरेर हामिले ५ कक्षा सम्ममा ज्यान पाल्न सक्ने पाठ्यक्रम बनाउने छौं । हरेक डाडा अनि गाउँलाई ध्यानभुमी, तपोभुमिको रुपमा बिकास गर्ने छौं ।

बाताबरणमा हामीले फोहोर भन्ने भ्रमलाई हटाएर कुहिने फोहोर बाट मल, प्लास्टिकको बाटो, चुरोटको ठुटोको चस्मा, अनि अन्य सबै बस्तुलाई श्रोतको रुपमा प्रयोग गर्ने छौं । हरेक वडामा संकलन केन्द्रको स्थापना गरि नगरमा प्लान्टहरुको स्थापना गरि हरेक बस्तुको सदुपयोग गरिनेछ ।

आर्थिक रुपान्तरणका लागि हामिले कृषि, IT र पर्यटनलाई प्राथमिकतामा राखेका छौं । अर्गानिक नेपाल आत्मनिर्भर नेपाल अन्तर्गत हामिले नेपालको हरेक गाउँ अनि हरेक टोललाई स्वर्गको एक बगैंचाको रुपमा सजाउने छौं । हामिले ५० लाख बिरुवा रोपिसकेका छौं आर्थिक महत्योका । हामिले रोप्दा हिमाल पहाड तराई हरेक छेत्रमा आर्थिक महत्तोका बिरुवाहरु रोप्ने छौं अगरउढ, बोधिचित्त, रुध्राक्ष्य, अनि वर पिपल अनि फलफुलहरुको जङ्गल बनाउने छौं ।
झाडी पनि कागती, टिमुर, भाङ, जडिबुटिको बनाउने छौ र जमिनमा तरकारी अनि जमिन मुनि अदुवा हलेतो अनि जङ्गलमा पनि हामिले घिरौला, काक्रा अनि गिठा खेती गर्नेछौ र जमिनको भरपुर सदुपयोग गर्नेछौं । सुरुमा भएका उत्पादनको बजार बेवस्थापन गर्न हामिले हरेक वडामा गोर्खा मार्ट वनाउने छौ जसमा संकलन केन्द्र, बितरण केन्द्र, प्रसोधन केन्द्र, तालिम केन्द्र सम्हिलित गरि एक भवनको निर्माण हामिले वडा नगर, प्रदेश अनि केन्द्रमा गर्नेछौ र नेपाली र अर्गानिक उत्पादनको बजार बेवस्थापन अनि निर्यात गर्ने छौं ।
बिकासका योजनाहरु बुटवल नारायणगढ अनि बुटवल कोहलपुर सडकखन्ड पारदर्सी, वस्ट प्लास्टिक प्रयोग गरि समयमै सम्पन्न गरिनेछ । बिकासका काम बिहान, दिउँसो र रातिको शिफ्ट गरि समयमै निर्माण गरिनेछ । सिद्धबाबाको सुरुङ पनि बनाईने छ र मेट्रो सङै वरिपरि पोखरी र डुङ्गा पनि बनाईने छ ।
पर्यटनमा नेपाललाई ज्ञानभुमी, तपोभिमी, देवभुमी, ध्यानभुमी, सत्यभुमी, शान्तिभुमी र मोक्ष्यभुमिको रुपमा बिकास गर्ने छौं । स्वर्गको पहिचान नेपालमा हामिले अपिहिमाल देखि स्वर्गद्वारी सम्म स्वर्ग जाने बाटो, स्वर्गद्वारी देखि सगरमाथा सम्म स्वर्गको बाटो अनि सगरमाथा देखि कन्चनजङा सम्म स्वर्ग पछिको बाटो भनेर केबलकार बनाउने छौ । हामिले हरेक घरमा बेड अनि हस्पिटालिटी तालिम दिएर हरेक गाउँ र सहरलाई पर्यटनको केन्द्र वनाउने छौं । सबैलाई सजाएर एक बगैचा जसरी सजाउने छौ र पृथ्वी भरिको सत्य र शान्ती खोज्न आउने स्थान बनाउने छौ । कृषि पर्यटन, स्वस्थ्य पर्यटन, खेलकुद पर्यटन, हिमाल पर्यटन, रमाइलो देखि हरेक पर्यटनलाई पर्वर्धन गर्ने छौं ।
प्रबिधिको बिकास गर्न हामिले हरेक कुरालाई डिजिटल बनाउने छौं । ब्लकचेन बैधानिक गरि हरेक छेत्रमा AI, AR, VR प्रयोग गर्नेछौं । कृषि, शिक्षा, स्वस्थ्य हरेक छेत्रलाई डिजिटल अनि छिटो छरितो बनाईने छ ।
आर्थिक रुपान्तरणका लागि बजेटमा ३०% अपरेसन बजेट अबि ६०% बिकास बजेट ल्याईने छ र कर्मचारीलाई उत्पादन र उध्योगमा जोडिनेछ । स्पेस पोलिसी ल्याएर रकेट मिसाईलको काम गरिनेछ र खानिहरुलाई उत्खनन् सुरु गरिनेछ । नेपालमा स्विस मोडेलको बिश्व बैंक स्थापनाको प्रयास गरिनेछ । बिदेशी लगानिको लागि हरेक बर्ष लगानी सम्मेलन गरिनेछ ।

सुरुमा tax free वाला अनि बिस्तारै स्वोदेसी हुने बेवस्था गरिनेछ । हरेक वडामा २००० जनाको लागि रोजगारुको सिर्जना गरिनेछ ।

बुटवल नै किन ?
हाम्रो जिन्दगीको सपना नेपालमा Global peace union बनाएर सबै देशका राष्ट्र प्रमुखलाई वोलाएर लुम्बिनी बाट संसारभर सत्य र शान्ती फैलाउनु हो । येसको लागि बोर्डरबाट १० किमि टाढा लुम्बिनी नजिक अनि सबै भन्दा उत्तम स्थान येहि हो ।
समग्र प्र्देशको बिकासको लागि रुपन्देही अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा, प्युठान, रोल्पा, रुकुम, दाङ, कपिलवस्तु सबैको संगम स्थल हो । हाम्रो चाहना यी जिल्लाहरुको सबै उत्पादनको रुपन्देही छेत्र न २ बाट बेवस्थापन अनि समग्र प्रदेशको बिकासमा ध्यान दिनेछु ।

रुपन्देही क्षेत्र न २ को लागि ?
यो क्षेत्र आफैँमा पबित्र अनि शिक्षा र ब्यापारको लागि चिनिएको क्षेत्र हो । यहाँको मुख्य समस्या भनेको बाटो र धुलोको छ येसको लागि हामी निरन्तर लागि रहेका छौं र छिटै समाधान पनि हुदैछ । अलिकती बिना योजना बिकास भएको हुनाले यो पनि अस्तब्यस्त सहरको रुपमा येसको बिकास भैरहेको छ । हामीले अहिले सबै छेत्रको अध्यन गरि सेक्टर छुटाएर मास्टर प्लान वनाईरहेका छौं । अब हामीले ट्राफिक, फोहोर ब्यस्थापन, कृषियोग्य जमिनको संरक्षण, अलिकती घर अनि नगरलाई नेपालिपन झल्किने कला संस्कृति अनि सम्पदाको संरक्षण र पर्वर्धन हुनेगरी एक बगैंचा जसरी सजाउने छौं । बसपार्क अगाडि ट्रेड टावर, बनबाटिकाको मेडिकल कलेज, ग्लोबल पिस युनियन, राप्ती दाईभर्जन, कोरिडोर, रंगशालाको तिब्र निर्माण, ट्रमा सेन्टर र १००० बेडको मानसिक र स्त्री प्रस्तुती अस्पताल प्राथमिकतामा हुनेछन ।
पर्यटनको लागि हिलपार्क देखि सिद्धबाबा, फुलबारी, मिलन पार्क, पिस पार्क हुँदै सैनामैनाको हिलपार्क सम्मको केबलकार सहित कला र संस्कृति झल्किने गरि सजाईने छ बसन्तपुर अनि नुवाकोटलाई पनि जोडिने छ ।
बुटवन अनि यो छेत्रलाई एसियन राजमार्गको दोश्रो सेग्मेन्टमा पर्ने हुनाले उत्तर र दक्षिण एसियाको ब्यापारिक केन्द्रको रुपमा येसको बिकास गरिनेछ । सम्पुर्ण बिकास निर्माण अपाङ्गमैत्री हुनेछ ।
यसलाई IT र बिधुतोय सामाग्री उत्पादनको केन्द्रबिन्दु बनाएर सिलिकन सहरको रुपमा पनि बिकास गरिनेछ ।
संस्कृत बिश्वबिद्धालय अनि गौतम बुद्ध बिश्वबिध्यालयलाई देशब्यापी र अन्तरास्ट्रिय रुपमा फैलाईने छ र यो स्थानलाई ज्ञानको र ध्यानको केन्द्रको रुपमा बिकास गर्नेछौ ।
मगरघाटको खाली जग्गामा स्पोर्ट्स सेन्टरको रुपमा बिकास गरि बिचमा ठूलो कार्यक्रम स्थल निर्माण गरि हरेक दिन मेला तथा कार्यक्रम गरिनेछ । देविनगर अनि बुद्धनगर छेत्रलाई ग्रीन लाईट जोनको रुपमा बिकास गरि २४ घन्टा होटल तथा बेवसाय खुला गरिनेछ । ठुला ठुला कार्यक्रम गर्दा होटल तथा लजको कमि हुने हुनाले स्थानियलाई हस्पिटालिटी तालिम दिएर हरेक घरलाई सदुपयोग गरि रोजगार दिने ।
औद्योगिक छेत्रको ८०० बिघा जमिन मध्य केही जमिन फिर्ताको क्रममा छ । बाकी रहेको ६०० बिघा जमिनमा विधुतिय गाडी संगै सबै बस्तु स्वोदेशमै उत्पादन गर्ने अनि बजारमा पनि स्वोदेशी बस्तुको प्रयोग गरिनेछ । सैनामैना र तिलोत्तमाको औधोगिक छेत्रलाई पनि पर्वर्धन गरिनेछ ।
लक्ष्मीनगरको पहिरोलाई तट्बन्ध गरि बृश्यारोपण गरिनेछ र जोखिममा रहेका बस्तिलाई स्थाननान्तरण गरिनेछ ।
सुकुम्बासीको लागि अनुसन्धान गरि पुर्जा लगाएत सबै सुबिधा प्रधान गरिनेछ । सामुहिक बसोबास निर्माण गरि अपाङ्गता भएका ब्यक्ती, बृद्ध अनि अनाथलाई एक खुसी परिवार बनाउनेछु अनि गौशला निर्माण गरि सबैको उचित बेवस्थापन गरिनेछ ।
बिदेशका युवालाई येहि रोजगारको बेवस्था गरिनेछ र गाउँ ठाँउमा स्वोरोजगार अनि रोजगार कार्यक्रम गरिनेछ ।
समग्र रुपमा भन्नुपर्दा सकारात्मक सोच अनि उर्जासहित देशको सामाजिक र आर्थिक अबि सान्स्कृतिक बिकासको लागि रुपन्देही छेत्र न २ लाई नमुनाको रुपमा बिकास गरिनेछ । संसारभरिको शान्तिको राजधानिको रुपमा स्थापना गरि संसारभर सत्य र शान्ती येहि बाट फैलाईने छ । सबैलाई साथ सहयोग अनि अमुल्य मतदानको आसा गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय