हामी ओपिडीमा बिरामी हेर्दै थियौ । त्यही बेला इमर्जेन्सी बाट फोन आउछ ,” एउटा ८ महिना को बाबु छिटो छिटो श्वास फेरेको छ, जुनसुकै बेलामा पनि मुखमा पाइप राखी कृत्रिम श्वासप्रश्वास दिनु पर्ने हुन सक्छ । त्यसैले थप एकजना सहयोगी चिकित्सक आइदिनुपर्‍यो ” यती भन्दै फोन राख्दछन ।
गएको चैत्र महिना मा मात्रै कान्तिबाल अस्पतालको इमर्जेन्सी मा आएका बच्चाहरुको तथ्यान्क हेर्दा २० जना बच्चाहरु क्रुप तथा सम्भावित क्रुप को समस्या लिएर आएको देखिन्छ ।
आउनुहोस् आज त्यो ८ महिने बालक लाई देखिएको रोग क्रुप को बारेमा चर्चा गर्नेछौ ।

क्रुप (croup) के हो ?
यो एउटा माथिल्लो श्वासप्रश्वास ( स्वरयन्त्र र श्वासनली) सम्बन्धी को तिब्र प्रकारको भाईरल इन्फेक्सन हो जसमा श्वास फेर्ने नली सांघुरिएर बच्चालाई सांस फेर्न गार्हो हुन्छ । त्यसैले बच्चाहरु मा देखिने इमर्जेन्सी अवस्था मध्य क्रुप पनि एक हो । प्राय ३ महिना देखी ५ बर्ष सम्म का बच्चाहरुमा यो समस्या देखिने गर्दछ । यो रोग बढी जस्तो छोरा मान्छेमा देखिने गर्दछ । गला र त्यसको वरिपरी को बायुमार्ग मा सुजन भएर श्वासप्रश्वास मा समस्या आउने गर्दछ । रातीको समयमा यो रोगले बढी च्याप्ने गर्दछ । बंसानुगत रुपमा १५% जतीमा देखिन सक्छ ।

कारण के हो ?
मुख्यतया पाराइन्फ्लुएन्जा भाईरस लगायत अन्य भाईरसले गराउने भएता पनि कहिलेकाही ब्याक्टेरिया ले पनि हुने गर्दछ। जाडो र बर्षा सिजनमा बढी देखिने भएता पनि यो समस्या जुनसुकै समयमा देखिने गर्दछ ।

लक्षणहरु के के हुन ?
प्राय समस्या हरु एक्कासी देखा पर्न सक्दछ ।
शुरुमा नाकबाट सिगान बगिरहने, नाक भित्र रातो हुने, हाछ्यु आउने, त्यसको १२-४८ घण्टा भित्र ज्वरो आउने, स्वर धोद्रो हुने,सानो कुकुर(पपी) ले भुकेको जस्तो आवाज सुनिने र बच्चाले श्वास भित्र फेर्दा घ्यार घ्यार हुने गर्दछ ।
छिटो छिटो श्वास फेर्ने, गम्भिर लक्षणमा बच्चाले श्वास लिदा वा फाल्दा घ्यार घ्यार हुने,कडा कोखा हान्ने,छटपटिने थाल्ने,छातीमा जानु पर्ने हावामा कमी आउने,अक्सिजन को मात्रा घट्दै जाने र बच्चा निलो भएर बेहोस् वा अचेत समेत हुन सक्दछन ।
अभिभावकले बुझ्नुपर्ने कुराहरु :
क्रुपको समस्या प्राय ३ दिन देखी हप्ता दिन सम्ममा सन्चो भईसक्छ भने ८ देखी १५ % बच्चाहरु लाई अस्पतालमा भर्ना गर्नुपर्ने देखिएको तथ्यान्क छ । ज्वरो आएमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम सिटामोल खुवाउने, धुलो धुवा बाट बचाउने, उमेर अनुसार झोलिलो कुरा प्रशस्तै खुवाउने,अन्य बिरामी हरु बाट टाढा राख्ने, सरसफाइमा ध्यान दिने, खोपहरु लगाउने।
त्यस्तै ३ महिनाभन्दा कम उमेरको बच्चामा देखिएमा कृत्रिम श्वासप्रश्वासको लागि मेसिन (भेन्टिलेटर) मा राख्नु पर्ने गार्हो भएर भेन्टिलेटरमा राखी आ सि यु मा उपचार पनि गर्नु पर्ने अवस्था आउन सक्छ । त्यसैले आफ्नो सन्तान वा कसैको बच्चामा माथि उल्लेखित खालको समस्या छ भने नजिकै रहने चिकित्सक लाई भेट्नु जरुरी छ ।  (लेखक कान्ति बाल अस्पतालमा कार्यरतबालबिषेशज्ञ हुन् । उनी बालबालिका स्वास्थ्यसम्बन्धि नियमित लेख्ने गर्छन् )।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय