सिराहा-२ का स्थायी बासिन्दा ६० बर्षिय सूर्य प्रशाद यादव लाई ४ बर्षअघि देखि पेट दुख्ने, कब्जीयत हुने, पेट फुल्ने जस्ता समस्याहरु देखियो । ग्यासट्राईटीसको समस्या मानेर अस्पतालको उपचार बिनानै घरकै जड़ीबूटी खाएर बसेका उनलाई गत बर्ष कार्तिक देखि थप दिसामा रगत देखिएपछि उनी उपचार को लागि काठमाडौंको बीर अस्पताल पुगे।
त्यहाँ  उनले कोलोनोस्कोपी गरे पश्चात चिकित्शकले उनलाई ठूलोआन्द्रामा मासु पलाएको बताएर भक्तपुर क्यान्सर अस्पताल पठाए।
सुरुवाती चरणमा यी लक्षणहरुलाई सामान्य रूपमा लिएर बसेका उनी अन्ततः  आज क्यान्सर संग लडीरहेका छन।
सूर्य एक प्रतिनीधी पात्र मात्र हून् ।
“सुर्य” जस्ता कयौं उदाहरण हाम्रै आँखाअघि छन् ।
सुरुवाती चरणमा आफूलाई भइरहेका समस्याप्रती वास्तै नगर्ने!
पछि,थाहा भइसकेपछी पछुताउनु बाहेक अर्को बाटै नहुने ।
….
हामी आफै पनि यस्ता लक्षणहरुलाई सामान्य रूपमा लिईरहेका हुन्छौं । जसले हामीलाई कोलोरेकटल क्यान्सर जस्तो घातक स्वास्थ्य समस्यासम्म पुर्याउन सक्छ ।

डा राकेश साह

कोलोरेक्टल क्यान्सर भनेको के हो?
कोलोरेक्टल अंतर्गत पेट भन्दा तलका अंगहरु, आन्द्रा र मलाशय पर्दछन्।  ठूलो आन्द्रा र मलाशयको कोषहरूमा हुने असामान्य वृद्धिका कारण क्यान्सर हुने गर्दछ जसलाई आन्द्रा तथा मलाशयको क्यान्सर अथवा कोलोरेक्टल क्यान्सर भनिन्छ।
‘पोलिप’ भन्ने सानो मासु पलाएपछि यो रोग सुरू हुने गर्दछ। समयमा उपचार नभएमा शरीरको अन्य भागमा पनि फैलँदै जान्छ र गम्भीर रूप धारण गर्दछ। सामान्यतया व्यक्तिको ठूलो आन्द्रामा पोलिप देखिएको छ भने व्यक्ति अनुसार यसले ५ देखि १० वर्षपछि क्यान्सरको रूप लिन सक्छ तर यसको समयमै उपचार भएमा पूर्ण रूपमा निको पार्न सकिने हाल वीर अस्पताल र नेपाल नेशनल अस्पताल, कलंकीमा कार्यरत कोलोरेक्टल सर्जन डा.राकेश शाह ले बताए।
सचेतनाको महिना
मार्च महिना कोलोरेक्टल क्यान्सर विरुद्ध सचेतनाको महिना हो। जसलाई नीलो रिवनले संकेत गरिन्छ । यस महिनामा नीलो रिवन लगाएर यस रोगबारे जनचेतना फैलाउने, रोगसंग लडेकाहरुलाई हौसला प्रदान गर्ने, साथै रोगबाट निको भएकाहरुलाई सहयोग गरेर मनाइने डा. राकेश शाहले बताए। त्यस्तै यही मार्च १० गते देखि महिनाभरीमा नेपाल नेशनल अस्पताल, कलंकीले ४५ वर्ष माथिका व्यक्तिहरुलाई निशुल्क ओपीडी सेवा, निशुल्क दिसा ओबीटी जाच (दिसामा रगतको परीक्षण) संचालन गर्ने उनले जानकारी दिएका छन।
कारण र लक्षण :
कोलोरेक्टल क्यान्सर मोटोपना, व्यायाम नगर्ने, अत्यधिक मात्रामा धूम्रपान र मधपान गर्ने, रातो मासु बढी खाने, धूवाँमा सेकेको खानेकुरा धेरै खाने, सागसब्जी कम खाने तथा प्रशोधित खानेकुरा ‘जंक फूड’ बढी खानेहरू साथै यस क्यान्सरको पारिवारिक इतिहास भएका व्यक्तिहरु यस क्यान्सरको जोखिममा हुने गर्दछ ।
यस रोग लाग्दा दिसामा रगत/ र्याल जस्तो पदार्थ देखिने, दिसा गर्न अप्ठ्यारो हुने, कब्जियत हुने, पखाला लाग्ने, घरी घरी दिसा लागिरहने जस्ता लक्षणहरु देखिन्छन् । त्यसका साथसाथै पेट दुख्ने, पेटमा असहज महसुस हुने, पेट फुल्ने, तौल घट्ने, अत्याधिक थकाई लाग्ने जस्ता समस्याहरु देखिन्छन।

• विश्वको तथ्यांक :
एक अध्ययनका अनुसार कोलोरेक्टल क्यान्सर पुरुषमा २३ जना मध्य १ जनामा (४.३%) देखिने गरेको छ भने महिलामा २५ जनामा १ जनामा (४.०%) देखिने गरेको पाईएको छ। विश्वमा भएका  क्यान्सरहरुमध्य कोलोरेक्टल क्यान्सर महिलामा दोश्रो बढी देखिने र पुरुषमा तेस्रो बढ़ी देखिने क्यान्सर हो। एक अध्ययनको  तथ्यांक अनुसार विश्वभरीमा सबैभन्दा बढ़ी कोलोरेक्टल क्यान्सरबाट ग्रशीत देश हंगेरी हो। डब्लू एच वो को तथ्यांक अनुसार सन २०१८ मा विश्वभरी १८ लाख जना नया बिरामीहरुमा कोलोरेक्टल क्यान्सर भएको र जसबाट ५०% बिरामिहरुले ज्यान गुमाएको पाईएको छ।

डा प्रभु प्रसाद साह

• नेपालको अवस्था :
काठमाण्डौ महानगरपालिकामा गरिएको क्यान्सरको सर्वोक्षण अनुसार फोक्सो, मुखको क्यान्सर पश्चात तेस्रो स्थानमा कोलोरेक्टल क्यान्सर भएको पाईएको छ। त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ  डा. प्रभु प्रसाद  शाहले पनि पश्चिमी देशहरुमा धेरै पहिचान हुने यो रोग पछिल्ला वर्षहरुमा नेपालमा पनि बढेको बताउँदै अस्पतालमा ठूलो आन्द्राको क्यान्सर रोगी धेरै बढिरहेको बताए।
सामान्यतया, आन्द्रा तथा मलाशयको क्यान्सर ४५ वर्ष माथिको उमेर समूहमा देखिने भन्ने छ तर पछिल्ला वर्षमा नेपालमा कम उमेरका मानिसहरुमा पनि ठूलो आन्द्राको क्यान्सर देखिन थालेको उनले बताए। भक्तपुर क्यान्सर अस्पतालमा पनि हरेक महिना ४ देखि ७ जना नयाँ  कोलोरेक्टल क्यान्सरका बिरामी भर्ना भईरहेको अस्पताल प्रशासनले जनाएको छ।  बदलिँदो  जीवनशैली, खानपिनमा ध्यान नदिनाले यो रोग बढिरहेको पाइएको छ।

नेपाल नेसनल अस्पतालको चिकित्सकीय टिम

त्यस्तै कामको सिलसिलामा सुर्खेत पुगेर बिरामी जाचेका डा. प्रभु प्रसाद शाह बताउँछन् – गाउँघरमा अझै आन्द्रा र मलाशयको क्यान्सरकाका केसहरु बढिरहेकका छन् । मानिसहरु चिकित्सकको परामर्सबिना पाएल्स, फिस्टुलाको जस्तै लक्षण देखिएको भएर घर गाउँमा परिचालनमा आएका पाएल्स कम गराउने जड़ीबूटीको सेवन गरेर गम्भीर अवस्था आईपुगेपछि मात्र चेक गराउन जाने गरेको छन्।
डा. प्रभु प्रसाद शाहले त्यहाँ क्यान्सर पहिचान गरेर अस्पतालमा उपचार गराएका ८ जना व्यक्तिहरूमध्य २-३ जना निको भएर फर्किएको  र बाँकीको क्यान्सर घातक अवस्थामा पुगेको  बताउँदै उपचार गरान ढिला भएकोले उनीहरुलाई निको बनाउन नसकेको उनले जनाए।
…….
व्यक्ति आफूलाई क्यान्सर भए – नभएको अहिले स्वास्थ्य जाँच गराएर थाहा पाउन सकिन्छ।
दिशा जाच,(Stool OBT, FIT, Stool DNA), Flexible Sigmoidoscopy, CT कोलोनोग्राफी (Virtual Colonoscopy) अथवा कोलोनोस्कोपी (Colonoscopy) गराए पश्चात डाक्टरले पोलिप्स र केही क्यान्सरहरू फेला पारेमा त्यसलाई हटाएर व्यक्ति क्यान्सर बाट बचाउने गर्छन्। अहिले नेपालमा स्टूल ओवीटी, सिगमोइडोस्कोपी, कोलोनोस्कोपी द्वारा  इस्क्रीनिङ (Screening) सेवा उपलब्ध छ।
कोलोरेक्टल क्यान्सरबाट जोगिन ४५ वर्षको उमेरबाट हरेक वर्ष नियमित स्क्रिनिङ सुरु गर्नुपर्छ।
साथै ४५ वर्ष कम उमेर भएतापनि तपाईं कोलोरेक्टल क्यान्सर हुने उच्च जोखिममा हुनुहुन्छ भने चिकित्सकसंग परामर्श लिनको लागि डा.राकेश शाहले सुझाब दिएका छन्।
….
नेपालका सबै अस्पतालहरुमा कोलोनोस्कोपीद्वारा परीक्षण उपलब्ध छैन । सबै सरकारी अस्पतालहरुमा कोलोनोस्कोपीको सेवा प्रदान गरेमा क्यान्सरको पहिचानमा सहज भई मृत्युदर लाई पनि कम गराउन सकिने डा.प्रभु प्रसाद शाहले बताए। त्यस्तै नेपालमा ठूलो आन्द्राको सर्जरी पश्चात त्यहाँ शरीरको फोहोर संकलन गर्नको लागि राखिने कोलोस्टोमी झोलाको खर्च धेरै पर्न जाने र लामो समयसम्म प्रयोग गरीराख्नु पर्ने भएकोले सो झोला सरकारले निशुल्क उपलब्ध गराउनको लागि सरकारसँग अपील गरेका छन्।

उपचार र रोकथाम:
कोलोरेक्टल क्यान्सरको सुरुको अवस्थामा शल्यक्रिया मार्फत क्यान्सरलाई निर्मूल पार्न सकिन्छ । क्यान्सरको अवस्था अगाडि बढिसकेको छ भने चाहिँ रेडियोथेरापी र किमोथेरापीले यसलाई नियन्त्रणमा राख्न सकिन्छ। ठूलो आन्द्राको क्यान्सरको चरणअनुसार उपचारका विधिहरू फरक–फरक भएको डा. राकेश शाहले बताएका छन् ।
त्यस्तै , जीवनशैली  अनुसासित बनाएर खानपिनमा फलफूल, सागसब्जी, रेसायुक्त खानेकुराको प्रयोग गर्ने, योग-व्यायाममा ध्यान दिएर तौललाई नियन्त्रण  गर्ने, जंकफूड, मध्यपान, धूम्रपानबाट टाढा रहेर हामी कोलोरेक्टल क्यान्सरबाट बच्न सकिने र कोलोरेक्टल क्यान्सरको उपचारभन्दा पनि यो रोग लाग्नै नदिनु राम्रो हो भन्ने कुरामा उनले बिशेष जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय