म र मेरो परिवार दुबै जना सरकारी जागिरमा छौ ।
जागिर कै क्रममा सुदुरपश्चिम प्रदेश को डोटी, कंचनपुर लुम्बिनी प्रदेशको नेपालगन्ज, बाँके र कर्णाली प्रदेशको दैलेख जिल्लाका जनताहरुलाई सेवा गर्न मौका पाएको थिएँ ।
मेरो हुम्ला बसाई धेरै नभएता पनि मेरो परिवारको सरकारी जागिर त्यहीबाटै सुरु भएको हुँदा केही समयलाई हुम्लामा बस्ने अनी नजिकबाट बुझ्ने मौका पाएको थिएँ ।
…….
करिब २ बर्ष अगाडि नेपाली संगीत क्षेत्रमा लेखकराज गिरी को शब्दमा अनी सुरज पन्डितको सुमधुर स्वर अनी जिबी चिरन को उत्कृष्ट अभिनय मा ” रेल को बाटो ” भन्ने गीत युटुबमा सार्वजनिक भएको थियो । यो गीत सुन्दा हिमाली भेगहरु जस्तो कि हुम्लाको कस्टकर जनजीवन सम्बन्धी वास्तविक कुरा लाई अतिनै कर्णप्रिय स्वरमा यथार्थमा प्रस्तुत गरिएको छ ।
जब “रेल को बाटो” भन्ने गीत रिलिज भयो मैले मेरो परिवारलाई हुम्ला बस्दा देखेका अनी भोगेका कुरा डायरीमा लेख्न सुझाब दिएँ।
बिर्सनै नस्कने गरी भएको एउटा सत्य घट्ना उनकै शब्दमा जस्ताको त्यस्तै पेश गर्दछु ।

“सरकारी जागिर खाने क्रममा मेरो पदस्थापना हुम्ला जिल्ला मा भएको थियो । अझै पनि भु-राजमार्गले छुन नसकेको भौगौलिक बिकटताले निकै नै पछी परेको जिल्ला रहेछ । तालिम वा ब्यक्तिगत कामले नेपालगन्ज वा सुर्खेत झर्नु पर्‍यो भने बेला बेलामा सानो प्लेनमा हुने दुर्घटनाको याद आउँथियो । अनी मुटु नै थरर काम्थ्यो । अधिकांश भुभाग चट्टान ले नै ढाकिएको देखिन्थ्यो । तापक्रम त प्राय माइनसमा हुने गर्दथ्यो । धारामा पानी जमेर बरफ बनी आउनै छोड्नुको पिडा त छँदै थियो । त्यसमाथी आलु र सिमी बाहेक अन्य अन्न उब्जाउ नहुने त्यहाँ प्राय सबै सामान तलबाट प्लेन मार्फत मगाइन्थियो र स्वत आकासिएको दरमा उपलब्ध गराइन्थ्यो । यस्तो समस्या हुँदा पनि त्यहाका कर्मचारी अनी स्थानियको बाहिरबाट काम गर्न जाने कर्मचारीलाई गर्ने व्यबहार भने निकै राम्रो थियो। सुख दु:ख जिन्दगीको पाटो भनेझै आफ्नो दैनिक कृयाकलाप अगाडि बढाउँदै थिएँ ।
तर ,
एक दिन अचानक एउटा एयस्तो घटना घटयो जुन हुम्ला जस्तो ठाउँमा कहिले नै कहिले हुनु नै थियो।
मलाई अझै पनि त्यो दिन झलझल्ती याद आउछ । हामी जिल्ला अस्पतालको टिम गाउँबाट स्वास्थ्य शिबिर सकाएर फर्किदै थियौ । अस्पताल पुग्न करिब ३० मिनेट जति बाँकी थियो । आकाशमा बादल मडारिँदै थियो , हावाहुरीको बेग पनि बढी रहेको थियो।
लाग्दथियो कि कुनै अप्रिय घटना घटने वाला छ । जिल्ला अस्पतालमा कार्यरत डा ले हाम्रो टिमलाई त्यो अप्रिय घटना भएको सुनाएका थिए। अन्दाजी करिब ३५ बर्षका एक राष्ट्रसेवक कर्मचारीको बारेमा रहेछ । पहिले देखी मुटुमा समस्या भएको वहाँ लाई त्यो दिन एक्कासी छाती दुख्ने अनी साँस् फेर्न गार्हो भएको थियो । अनी मुटु को रोगी भएकाले वहाँलाई तुरन्तै नेपालगन्ज लग्ने भनी एयरपोर्ट मा जाँदा सायद, प्रकृति निश्ठुरी भएर होला प्लेन आउने कुनै संकेत देखिएको थिएन । आउन लागेको प्लेन पनि खराब मौसमले गर्दा बिच बाटै फर्किएको थियो । अझै बढी छट्पटा्यपछी प्लेन कुरेर मात्रै नहुने देखियो त्यसपछि हस्पिटल ल्याउने तयारी गरिएछ । हामी त्यहाँ पुग्दा माहोल एकदमै कारुणिक थियो।
त्यस्तो चिसो ठाउँमा डाक्टरहरु पुरै पसिनाले भिजेको देख्न सकिन्थ्यो।
ड्युटीमा रहेका सिस्टरहरुको आँखा रसाएका थिए। अस्पताल को कुनामा बसी कोही कोही डाँको छोडेर रोएको सुन्न सकिन्थ्यो । त्यहा उपस्थित सम्पूर्ण ब्यक्तीमा मृत्‍युको डर देख्न सकिन्थ्यो ।
त्यो बातावरण देखनै बित्तिकै हामीले अनुमान लगाइ सकेका थियौ कि आत्माले देह छोडेर गईसक्यो। श्रीमती ,५ बर्सिये छोरी अनी आफन्तहरु जसलाई घरमै छाडी सरकारी जागिर खाने क्रममा अर्कै को जिल्लामा हुँदा उनीहरु को अनुहार हेर्न नपाई यो संसार छोड्नु पर्‍यो । अनी, हाम्रो डा को भनाइ अनुसार वहाँलाई शायद हार्ट अट्याक भएको थियो । तुरन्तै अपरेसन गरेमा मात्रै बाँच्न सम्भावना थियो। त्यहाँ गर्न सकिने प्राथमिक उपचार गरेपनी अरुथोक केही गर्न सकिँदैनथियो ।
बुटवल भन्दा पश्चिमको अस्पतालमा त्यो बेला त्यस्तो खालको आधुनिक उपचार शैली बिभिन्न कारणले सुरु भईसकेको थिएन । त्यो दिन उनका साथीहरु सबैको गह भरी आँसु थियो । सबै ले एक अर्कालाई सम्झाउन खोज्दै थिए । तर भित्र भित्रै सबै को मुटुले ठाउँ छोडिसकेको थियो ।
सबैले डरले आफ्नो ब्लड प्रेसर (बिपी ) जचाउन थाले । सबै को मुख निन्यौरो थियो । यसरी त्यो घटना सम्झिँदा अझै पनि आङ जिरिङ्ग भएर आउछ ।
……
यद्दपी हुम्लाको बसाइ को क्रममा जिल्ला अस्पतालको टिमले स्वास्थ्य सेवामा निकै परिवर्तन ल्याउन सफल भई राम्रो सेवा दिँदै आएको थियो । बिभिन्न सरकारी तथा गैरसरकारी संस्था ,सहयोगी हातहरुले अनी निस्वार्थ रुपले काममा खटिने कर्मचारीमा काम गर्ने उर्जा कहिले कम भएन। आशा गरौँ कि भौगोलिक बिकटताले आईपर्ने यस्ता समस्या चाँडै नै समाधान हुनेछ अनी कसैको यसरी अकालमै ज्यान जाने छैन ।
बितेर जानेलाइ त के पो भन्न सकिन्छ र!
कामना गर्नुबाहेक!
” मृत्यु हुनु भएका कर्मचारीको आत्माले शान्ती पाऔस । वहाँको परिवार प्रती गहिरो समबेदना “!
…….
” रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरै मा, हुम्ला कहिले मोटर आउँला बसेको छु रहरै मा
सिटामोलको अभाबमा मर्नु पर्ने कोही, चोट लागे भोक लागे पनि बस्नु पर्ने रोयी हजुर…..”
आशा गर्छु यो गीतका शब्दहरु चाँडै नै झुटो साबित होस् ।
मेरो जानकारीमा भएसम्म हुम्लामा अझै पनि सडक मार्ग पुग्न सकेको छैन । माथि परिवारले देखेको एकदम तितो यथार्थ लाई सम्पूर्ण देशप्रेमी जनता र मुख्यगरी देश बनाउछु भनी हिंड्ने युवा नेताहरुले बुझ्नु पर्दछ र समाधान तिर लाग्नु पर्दछ ।
आदरणिय श्रदेय डाकटर गोविन्द केसी ज्यु ले काठमण्डौ भन्दा बाहिर देशको कुना कुनामा भौतिक पूर्वधार दक्ष् जनशक्ती शहित अस्पताल खोल्नु पर्छ भनेर यत्तिकै भन्नु भएको हैन । आदरणिय डा मंगल् रावल दाजुको युबा जोश लाई स्यालुट गर्न चाहन्छु जसको बलियो इच्छाशक्ती, राम्रो भिजन, दुरगामी सोच अनी अठोटले गर्दा कसैले कल्पना सम्म गर्न नसकेको काम जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा हुँदै छ ।
त्यसैगरी आफ्नो कार्यशैलीमा निकै दुस्तचुरुस्त हुँदै आउनु भएकी , निडर स्वभाब,उर्जाशिल लगनसिल हुनुभएकी हाल हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी रहनु भएकी आदरणिय सिता परियार भाउजुको कार्यकाल राम्रो रहोस्! हुम्ली जनताको समस्या बुझेर समाधान गरी सबैको मनमा बस्न सफल हुनु होला।
साथै , हुम्ला पनि नेपाल मै पर्छ भनी सम्झिएर देशप्रेमी नेताज्युहरुले आगामी दिनहरुमा अबस्य पनि राम्रो कदम चल्नुहुनेछ भन्ने आशा राख्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय