
काठमाडौं – तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट पारित भए पनि कार्यान्वयनमा नआउँदै फेल भएको दुई दिनभित्र उपत्यकामै तेजाब आक्रमण भएको छ ।
आइतबार साँझ साढे ७ बजेको समयमा भक्तपुरका ६० वर्षीया पूजा गुभाजुमाथि तेजाव आक्रमण भएको हो । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
पूजामाथि उनकै श्रीमानले तेजाब आक्रमण गरेको अस्पतालमा उपचाररत पूजाले चिकित्सकलाई बताएका छन् ।
दुई महिनासम्म छलफलका लागि राष्ट्रियसभामा अड्किएको यो बिधेयक निष्क्रिय भएलगत्तै भएको आक्रमणले हाम्रो जिम्मेवार निकायको गैरजिम्मेवारीको छर्लङ्ग पारिदिएको छ ।
प्रश्न उठ्छ,
सरकारले तेजाब आक्रमणमा परेका पीडितलाई दिने सेवासुबिधा अब कसले ब्यहोर्छ भन्ने प्रश्न आएको छ ।
तेजाब आक्रमणजस्तो जगन्य अपराधमा समेत राजनीति पुर्वाग्रहका आधारमा अध्यादेशलाई बिफल पार्ने राजनीतिक नेतृत्वको रबैयाको चौतर्फी बिरोध भएको छ ।
पीडितको उपचारदेखि दीर्घकालीन पुनःस्थापनमा सरकारले जिम्मेवारी लिने “बाध्यामक अवस्था” अध्यादेशले सिर्जना गरेकाले अब पीडितको अभिभावकत्व कसले लिन्छ भन्ने चिन्ता यसमा काम गरिरहेका अभियान्ताहरुको छ ।
तेजाब आक्रमण विरुद्ध अध्यादेश ल्याउन अनबरत खटिएका उज्वल बिक्रम थापा यो दुर्भाग्य अवस्थाको सिर्जना हुनुको सम्पुर्ण राजनीतिक नेतृत्वले लिन पर्ने बताउँछन् ।
ट्विटरमा उनी लेखेका छन् –
“हिजो ठिमीमा भएको तेजाब आक्रमण हाम्रो राज्य व्यवस्था लाचार सदन पक्ष विपक्ष र मानवता माथी भएको हो। ती ५५ वर्षिय माहिला त दुर्भाग्यपूर्ण पात्र मात्र हुन्। सरकारको कृपा ले उपचार त होला तर अपराधी साधारण सजाय ले फुत्कीने भयो। तेजाब बिल निष्क्रय भएको पहिलो त्रुटी”!
“यो मानबताबिरोधि अपराध” गरेकोमा मागी माग्दै जतिसक्दो छिटो अध्यादेश सक्रिय बनाउन पहल गर्नुपर्दछ ।