
कार्यक्रमका सभाअध्यक्ष ज्यु ,विशिस्ट व्यक्ति, सहकर्मी र उपस्थित सम्पूरण आदरणीय व्यक्तित्वहरु नमस्कार !
आज यहाहरुको बिच मेरो उपस्थिति अपवाद हो ।
मेरो नाम रामजी राम हो। मेरो नाम पछाडीको थर हाम्रो आमा बुवाले गरेको कर्मको संकेत गर्छ। मेरो बुवा गाउमा मरेको गाइ वस्तु फाल्नुहुन्थ्यो त्यसबाट उब्जने रोगहरु बाट यो समाजलाइ बचाउनु हुन्थ्यो ,आमा अर्को आमाबाट जन्मेको सन्तानलाइ र ति आमाहरुलाइ हेरचाह गर्नुहुन्छ ।
यो समाजले रोग नलाग्न दिन, फोहोर सफा गर्नेहरुलाइ अपमान गर्छन, र तर त्यो फोहोर गर्नेलाइ सम्मान किन ?
रोग लाग्न बाट बचाउने मानिसलाइ अपमान गर्छ तर लागेको रोगबाट बचाउने मानिसलाइ भगवान मान्छन ।
मेरो बुवा आमाले यो समाजको लागि गर्दै आउनुभएको काम प्रति मलाइ गर्भ छ । उहाहरु स्कुल जानु पाउनु भएन , आफुले भोगेको पिडा आफ्नो सन्तानले पनि भोग्न नपरोस् भनेर २६ वर्ष एउटा ठुलो निर्णय लिनु भयो। मेरो लागि स्कुलका ढोकाहरु खोलिदिनु भयो। र आज डाक्टरि पढ्दै छु ।
तर कति बादी हरुले त्यो निर्णय लिन सक्लान, कति डोम हरुले त्यो निर्णय लिने आट सक्लान र यो समाज बदल्न अझ कति सताब्धि लाग्ला ? किनकी यो देशको कानुनहरुमा सबै नेपाली समान हो भनेको नै आधा सताब्दी भन्दा बढी भै सक्यो तर ब्यबहारमा छ त ? हामिहारु सम्विधान न त स्वतन्त्र छौ तर सर्वत्र बन्धनमा छौ ।
हामि चाहेर कसैको कोखमा जन्मिदैनौ , न त चाहेर कुनै जातमा जन्मिञ्छौ। न त रोजेर कुनै देशमा नै जन्मिञ्छौ। यी सबै हाम्रो रहले हुन् तर जे कुरा उपर हाम्रो नियन्त्रणमा हुन्न त्यसमा आधारित भएर हामि माथि विभेद किन ?
? अहिले हामिहरु सम्विधान न त स्वतन्त्र छौ तर सर्वत्र बन्धनमा छौ ।
घटना १
आज भन्दा १० वर्ष आगाडी रौतहटको गरुडामा मेरो जात थाहा पाउदा मेरो घरबेटीले मलाई चमार भनेर निकाली दिए।
घटना २
२०७० , जेठ २८ आज भन्दा ८ वर्ष आगाडी रौतहटको भिन्दावर, मेरो मामाको गाउ , मामाको छोराको बिहे थियो। गाउको ब्रम्ह मन्दिरमा हामि पुजा गर्न गएको थियौ। पुजा गर्न नपाउदै त्यस गाउको यदावहरुले हामीलाई पिटे , हाम्रो घरहरु लुटे , खाप्डा तोडफोड गरे , केहि जलाइदिए।
घटना ३
१ वर्ष आगाडी जिन्गदियाको एक भाइले आफ्नो ज्याला माग्दा , हक माग्दा उसको घाटी रेटेर बोरामा कसेर गाउ बाहिर फालिदिए। न्याय माग्दा अर्को भाइलाई यो देशको प्रहरीले उजुरी दर्ता गरिदिएन बरु उल्टै थुनामा लगेर पिटी पिटी मारिदिए ।
घटना ४
मुसहर समुदायको कथा व्यथा बारे सबिता चौधरी जी ले लेख्नु भएको किताब पढे त्यो किताब पढ्दा मलाइ मेरै कथाहरु लेख्नु भएको जस्तो लागछ। – त्यसको एउटा प्रसंग मलाइ असाध्यै छोयो , “गरिबीको घरको सदस्यलाई जब रोग लाग्छ तब मृत्यु उस्कोलागी वरदान हुन्छ।” हामी मृत्युलाई बरदान सम्झन किन बिबस छौ ?
समाजको पिँधमा रहेको एक नेपालीको गरिब र किसान परिवारको एउटा बालकले , किशोरले युवाले व्यहोर्न बाध्य हुने सबै किसिमका पिडाहरु भोग्दै आयेको छु । चुनौतीहरुको सामाना गर्दै आएको छु।
यी सबै भोगी सके पछि सरकारले एक कोटा दिन्छ – र भन्छ त्यहि भएर त् तपाईलाई कोटा छ – र यदि त्यो आरक्षणका बदलामा त्यो कोटाका ति बिघ्न पिडाहरु व्यहोर्नु पर्छ भन्नुहुन्छ आउनुस तपाई पनि ति पिडा व्यहोर्नुस र पुरस्कारमा नाम मात्रका कोटा लिनुस। के त्यो पिडा बेहोर्न तपाईलाई मन्जुर छ। के त्यो घर जल्दा, स्वाभिमान लुटिदा , ज्यान गुमाउनुको पिडा तपाइलाइ मन्जुर छ। प्रेम गर्दा र प्रेम नपाउदाको मुटु दुखाइ , त्यो गालि बेइजति तपाइलाइ मन्जुर छ ?
म अबको केहि महिना पछि डाक्टर बनुम्ला , मानिसको औसधि उपचार गरुम्ला अब मेरो नाम आगाडी डाक्टर जोडिन्छ , भोलि पर्सि डाक्टर नपढेको मेरो छोरा , छोरीको नाममा डाक्टर जोडिदिए के उनीहरुलाई डाक्टर भन्न मन्जुर हुन्छ ? यदि हुदैन भने हाम्रो कर्म फेरिने , जन्म फेरिने यो दुनियामा हाम्रो थर किन फेरिदैन। यो थर किन यति विरोधावास छ ?
आज जानकी मन्दिरमा छु उहा संगको प्रसंग जोडन चाहन्छु।
आज जानकी मन्दिरमा छु उहाले भोग्नुभएको पिडा महसुस गर्न सक्छु।
एक राजा जनकको छोरी उहाले १४ वर्ष वनावाश विताउनु भएको थियो।
हाम्रो आमाको बचपन , जवानी, र बुढापा वनमा खेतमा, बारीमा फुलवारीमा खेतमा घास काट्दै , बाख्रा चराउदै दाउरा टिप्दै बितिरहेको छन।
एक व्यक्तिको मिथ्या दृस्टीले आफु निर्दोष हुदा हुदै , उहा पवित्र हो सत्य हो भन्ने कुरा जान्ने मान्ने आफ्नै मार्यादा पुरुषको आगाडी परिक्षा दिनुको परेको थियो ।
त्यसबेलाका गुरुहरु चुप थिए , पिता जनकहरु मौन थिए। छोरी जानकी सत्य छिन , पवित्र छिन जान्दा जान्दै राजा जनकले नत सिताको साथ उभिने आट गर्न सके नत राजा रामलाइ डाटन सके। सभा मौन बसे, नेतृत्वलिनेहरु आखा चिम्लिदिए । जब सत्यको पक्षमा मानिसहरु उभिदैन तबसम्म सत्य कुन हो थाहा हुदैन । त्यसपछि सत्यको लागि लडाइँ गर्नेहरु एकलो हुन्छ ।उस्को कुरा बुझ्दैन सुन्दैन तब सिताहरु आत्महत्या गर्नु परेको थियो । तपाइहरु भन्न सक्नुहुन्छ कि सिता गलत थिये ? आज सिताहरु माथि बलात्कार हुन्छ उसैले साबित गर्न उनीहरु आत्म हत्या गर्नुपरिरको छ । त्यो बलात्कार महिला माथि छ । बिदेशि पसेका नागरिकहरु माथि छ । आज नेपालिहरु सिताका निमित छन । जो सातामा छन शक्ति सित नजिक छन तिनीहरु मौन छ । किनभने तिनिहरु त्यो मौनताको कारन नै राज्यको श्रोत र शक्तिको नजिक हुन पाउछ । र त्यो मौनताले धनि र गरिबको खाडल , न्याय र अन्यायको अवस्था निर्माण गरिरहेका छ्न । ठुलो र सानो जातको अवस्था निर्वान गर्छ । त्यतिबेला सिता माथि आन्याय भयको थियो कि थिएन ? आज सिताहरुमाथि अन्याय भैरहेको छ कि छैन । ? ठिक छ सितामाथि अन्याय भयो । तर उनको सन्तानमाथि अन्याय भयो कि भयेन ? आज कयुन लभकुशहरु माथि अन्याय भैरहेको छ कि छैन । आज गाउमा लभकुशहरु बाख्रा चराउदै छ । भैसि चराउदै छ । स्कुलमा वालमिकि खोज्दै छ । के तपाइ बालमिकि बन्न चाह्नुहुन्छ ? तपाइ बेदाग राम बन्न चाहनु हुन्छ ?
एउटा कोरोनाले गर्दा नेपालको दुइ तिहाइ विधार्थी स्कुल जान पाएन र टेक्नोलोजी बाट पनि बन्चित भए।
तर यहा सरकारलाइ स्कुलको होइन मन्दिर प्राथमिकताको विषय छ।
प्रदेश २ मा २७ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन्,
१७.२९ प्रतिशत अर्थात् नौ लाख ३४ हजार तीन सय ७७ विपन्न दलितको बसोवास छ । तर, प्रदेश सरकारको प्राथमिकतामा उनीहरूको उत्थान, सशक्तीकरण र अधिकारभन्दा मठमन्दिर निर्माण र पोखरीको सौन्दर्यीकरण परेको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका २०७७ का लागि विनियोजन गरेको ३३ अर्ब ५६ करोड बजेटमध्ये दलित समुदायका लागि ११ करोड ९२ लाख ८८ हजार मात्रै छुट्याएको छ । जब कि पोखरी सौन्दर्यीकरण र मठमन्दिर निर्माणका लागि एक अर्ब ५५ करोड ७९ लाख विनियोजन गरेको छ ।
विगत ६ वर्ष देखि मेरो बसाई होस्पिटलमा छ । हस्पिटल आउने बिरामीहरु आफ़ुसङ्ग धेरै आशाहरु बोकेर आएको हुन्छ र जादा त्यो भन्दा बढी अनुभवहरु बोकेर जान्छ। बिरामीहरुले हाम्रो नाम बिर्सिन्छन तर हामीले उ अस्पतालमा रहुन्जेल कस्तो महसुस गरायौ उ कहिले बिर्सिने छैन। त्यस्तै हामि हेरकले अर्को संग्ग गरेको व्यवहार त्यसको लागि अविश्मर्निय हुन्छ । मरिजाने यो जिवनमा केहि छोडेर जाने भनेकै बाचुन्जेल हामिले अरुसङ्ग गरेको व्याव्हार हो, शब्द हो ।
समाज कि थोरै असल व्यक्तिको अधिक प्रयासले असल बन्छ कि थोरै खराबहरुको अधिक प्रयासले अधिक खराब बन्छ।
आज यो समाज थोरै खराब व्यक्ति हरुको बन्धन मा छ कि व्यक्ति खराब होइनन केवल सोच खराव हो – त्यो खराव सोचलाई बदलेर सहि सोचलाई स्थापित गरे यो समाज रुपान्तरित हुन्छ तब यो देश रुपान्तरित हुन्छ
घटना ३
२०७५ मा दलित सशक्तीकारण एन बन्यो ऐनमा PHD निःशुल्क शिक्षासँगै मासिक निर्वाह भत्ता, रासन कार्डको व्यवस्था र दलित आरक्षित सीटमा महिला र पुरुष बराबरी हुने व्यवस्था गर्नु एकदमै उदाहरनिय र सराहनीय एन आयो। तर यहि प्रदेशमा कोहि परिक्षा फिस तिर्न नपाएर परिक्ष दिन पाएन। प्रदेश राजधानीका न्यायधिवाक्ता , मन्त्रिहरुको कार्यालयमा हाम्रोपत्रहरु अलपत्र परे।
….
स्वर्गीय राजनीतिक अभियन्ता उज्वल बहादुर थापाले भन्नुहुन्थ्यो कि यो देश कुनै अर्को बुद्ध र पशुपति नाथले बनाइदिदैन।त्यो बनाउने तपाईं हामिले नै हो ।
हामी सदैब कुनै योगदान नै नगरी यो देश रुपान्तरन गर्न सक्दैनौ – रुपान्तरण योगदानमा निर्भर हुन्छ । हामी समाजका एक तप्कामा मानिस हरुले मात्र यो रुपान्तरण सम्भव हुदैन । जसरी सरिरले रोग संग लड्न आफ्ना सारा अंग हरु चलायमान राख्छ त्यसरी नै यो देशमा ब्याप्त गरिवी, ब्याप्त विभेद, ब्याप्त डर र आतंक समाप्त गर्न हामी सबै एकै थलोमा अटेर एकै थलोमा जुटेर काम गर्नु पर्छ -समाधान निकाल्नु पर्छ ।
सबै मिलेर शुरु गरौ कसैको जित र कसैको हार हुने गरि होइन कि सबैको जित सुनिस्चित हुने गरि योगदान गरौ- हर नेपाली का सपना साकार गरौ र त्यसकोलागि हरेक नेपाली जिम्मेवार बनेर रुपान्तरणको आरम्भ गरौ
यहा पार्टी छन् परिपाटी छैन , सरकार छ सुशासन छैन , कानुन संबिधान छन् न्याय छैन – बहाल वाला अधिकारी छन् तर तिनमा जिम्म्मेवारीको लेश सम्म पनि बोध छैन भनेसी हामी रुपान्तरण को आरम्भ कहा बाट गर्छौ ?
कहिले काही घाउ यति सम्म पाकछ कि त्यसलाई अप्रेशन नगरी त्यो निको हुदैन।
हाम्रो समाजमा व्याप्त गरिबी छ , विभेद छ , अपार अवसर र सम्भावनाहरु छन। तर त्यसलाई समाधान गर्न कुनै एकले सक्दैन तर एकले सुरुवात गर्न सक्छ र त्यो भैसकेको छ । सन्सारका अरु पनि देशमा गरिबि, विभेद थियो छ तर त्यहा कसरी ति कुराहरु न्यूनीकरण हुदै छ । किन कि त्यहाका नेतृत्वमा त्यो समस्या हटाउन्का निमित नियति छ , र त्यस्को समाधानको लागि स्पष्ट नितिगत चित्र छ । हाम्रोमा पनि त्यस्को आवस्यक छ ।
एउटा शरीर विरामी भए भने शरीरका सबै कोश एकजुट भएर निको पार्नमा लाग्छ।
त्यस्तै कुनै एकले मात्र काम गरेर समाजको रोग ढल्दैन। सिंगो समाज बनाउन सिंगो समाज लाग्नु पर्छ –
हामी व्यक्तिगत रुपमा उत्किर्स्त हुन् सजिलो छ तर सामुहिक रुपमा उत्कृस्ट हुन् कठिन छ किनकि हामी विभाजित छौ एक वर्गको समाजले अर्को समाजको सहास्तित्व स्वीकार गर्न सकिरहेको छैन । त्यसकारण धेरै ठिक हुने कुराहरु बेथिक हुदै छ ।
जब हामी एकिकृत हुन्छौ हामी उत्कृस्टता को बाटो तर्फ उन्मुख हुन्छौ ।
हामी एक एक्लै आफ्ना रोग संग लड्न सक्छौ तर एक एक्लै कोभिद वा अर्को संक्रमण संग लड्न सक्दैनौ
गरिवी पनि कोरोना हो , विभेद पनि कोरोना हो, पछौटे पन र पाखण्ड पनि कोरोना हो जो हामी एक्लैले परास्त गर्न सक्दैनौ त्यसको गरिवी मुक्त गर्न, विभेद मुक्त गर्न, भय माथि निर्भयले विजय प्राप्त गर्न लागि हामी सिंगो समाज सिगो बनेर लाग्नु पर्छ –
आज हामी यस सिता नगरी जनकपुरमा छौ –
हामी प्रतिज्ञा गरौ कि
हामी विभेदको राजनीतिक व्यापार होइन यसको अन्त्य गर्न एकजुट हुने छौ
हामी भ्रम र पाखण्ड उपर ज्ञान र बिज्ञानलाई स्थापित गर्न एकजुट हुने छौ
हामी वर्तमान पुस्ताले भोगेका विभेदका पिडा अर्को पुस्तामा हस्तान्तरण गर्ने छैनौ
आज जसरि बुद्द जनक र सिताको चर्चा हम्मी हज्जारौ बर्ष सम्म गरि रहेका छौ, त्यसरी नै
अबको हज्जारौ बर्ष पछी हाम्रो यो बर्तमान पुस्ताको योगदानको कथाले अर्को नेपालीलाई प्रेरित गर्ने गरि हामीले योगदान गरौ ताकी हामीलाई बुद्द, जनक र सिता को उदहारणको सुचिमामा अन्य कैयन नेपाली थपिन सकुन, प्रेरणाका नया कथाहरु थपिन सकुन ।
आउनुस हामी त्यस्तो पुस्ताका सदस्य बनौ – जसले नेपाललाई संसारकै उत्तम समाज बनाओस ।
जहाँ समता र समनुभुती होस
जहाँ सम्रिद्दी र सुशासन होस
जहाँ मुलुक निर्माणको लागि आश्वाशन होइन योगदान हुने छ
सबैका न्याय, सुशासन र अबशरयुक्त नेपाल हुनेछ-
धन्यवाद ! आयोजक मिथिला फाउन्डेसनलाइ धन्यवाद ! ( फाल्गुन १९-२१ सम्म यो संकरणको जनकपुर साहित्यिक महोत्सव सम्पन्न भएको छ जहाँ KeyNote Speaker का रुपमा रामजी राजले आफ्नो “जिन्दगी यथार्थता” बताउँदै हामी बाँँचेको समाजको यथार्थ तस्वीर देखाउनुभएको थियो । यो लेख उहाँले ब्यक्त गर्नुभएको बिचारमा आधारित हो)