
मानब शरीरमा हुने थाइराइड ग्रन्थीले थाइराइड हर्मोन निकाल्छ। नबजात शिशुमा यस हर्मोनको कमी हुनाले मस्तिष्कको विकासमा ठुलो असर पार्दछ ।
यसैकारण, संसारका धेरै देशहरुमा रोकथाम गर्न सकिने स्थायी बौद्धिक असक्षमता गराउने पहिलो कारणमा जन्मजात हाइपोथायराइडिज्म पर्दछ ।
यो समस्या प्रत्येक १००० मा १ जनामा तथ्यांक छ ।
जन्मजात हाइपोथायराइडिज्म हुने कारण हरुमा
– थाईराइड ग्रन्थीको अल्पबिकास हुनु,
– ग्रन्थी अन्तै ठाउँ मा हुनु वा ग्रन्थी नै नहुनु प्रमुख कारण मा पर्छन भने अन्य कारणमा
– थाईराइड ग्रन्थीले निकाल्ने हर्मोन उत्पादनमा कमी हुनु हो। हाम्रो देशमा आयोडिन युक्त नुनको प्रयोग बढेसंगै आयोडिनको कमिले हुने समस्यामा भने कमी आएको देखिन्छ ।
आमामा थाइराइडको समस्या देखिएमा पनि बच्चामा यो समस्या देखिन्छ । आमाको शरीरमा भएको थाइराइड हर्मोन बच्चा पेटमा हुँदा वा जन्मिने बेला बच्चामा जाने हुँदा करिब ९५% शिशुलाई जन्मिने बित्तिकै खासै लक्षण पनि देखिने गर्दैन । उमेर बढ्दै गए पछी समस्याहरु देखा पर्न थाल्दछन । त्यसैले सुरुवाती अवस्था मै पत्ता लगाउने एउटै उपाए भनेको शिशु को रगतमा थाइराइडको मात्रा जाच्ने हो ।
लक्षणहरु
• टाउको को साइज केही बढी हुने,
• अगाडि र पछाडिपट्टिको तालु हरु ठुलो अनी खुल्ला हुने,
• लामो समय सम्म जन्डिस देखीने,
• बिस्तारै अनी थोरै रुने,
• धेरै बेर सुत्ने,
• खान मन नगर्ने,
• सुस्त देखिने,
• दुध खुवाउन गार्हो हुने,
• दुध सर्काउने,
• जिब्रो ठुलो हुने भएर श्वास फेर्न गार्हो हुने, घ्यार घ्यार हुने अनी कहिले काहि श्वास नै बन्द हुने,
• पेट ठुलो हुने, नाइटो मा हर्निया हुने, कब्जियत हुने, हातगोडा चिसो भईराख्ने, सुनिने,
• जनेन्द्रिय सुनिने,
• रगतमा हेमोग्लोबिन को मात्रा काम हुने,
• मुटुमा,दिमागमा समस्या देखिने
समयमै रोगको पहिचान तथा उपचार सुरु नभएमा
• बच्चाको भौतिक तथा मानसिक बिकास मा स्थाइ रुपले कमी आउछ,
• पछाडि को तालु पुरिदैन,नाक को डाँडी थेप्चिनु, आँखीभौ सुनिनु ,मुख खुला भईराख्नु , ठुलो मोटो जिब्रो बाहिर निकाली राख्नु, दांत ढिलो आउनु , घाटी छोटो हुनु , हात मोटो तथा औंला हरु छोटो हुनु, अनुहार फुस्रो देखिनु,कपाल थोरै हुनु अनी सजिलै टुक्रा पर्नु, ढिलो हिँड्ने र बोल्ने, बिकास क्रम ढिलो हुनु , उचाइ नबढ्नु, खाना राम्ररी नखाँदा समेत तौल अत्यधिक बढ्नु, सुस्त स्वभावको बच्चा हुनु जस्ता समस्या देखिन गर्छन् ।
अमेरिकामा सबै नवजात शिशु लाई जन्मेको ४८ देखि ७२ घण्टामा रगतको स्क्रिनिङ गर्नु पर्ने अनिवार्य नियम छ भने हाम्रो देशमा त्यो अहिलेलाई छैन । अवस्था हेरेर थाइराइड स्क्यान, भिडियो एक्सरे तथा अन्य जाँच चिकित्सकको सल्लाह बमोजिम गर्नु पर्छ
अभिभावकले ध्यान दिनु पर्ने कुराहरु
• यो रोग भनेको स्थायी रुपले बौद्धिक असक्षमता गराउने तर समय मा रोग पत्ता लागे सो समस्या हुनबाट रोक्न मिल्ने पहिलो कारण हो
• आमालाई थाइराइड को समस्या भएको,औषधी सेवन गरिराखेको, ,रेडियसन थेरापी गरेको भए गर्भावस्था को बेला देखिनै चिकित्सक को सल्लाह मा निरन्तर बसी राख्ने
• माथि उल्लेखित समस्या आएमा तुरन्तै चिकित्सकको मा गएर चेक गराउने ।
अन्तमा याद राखौ ,
समयमा रोग निदान तथा उपचार पाएमा बच्चामा एकदम राम्रो सुधार भएको पाइएको छ त्यसैले हामी सबै सजक बनौ अनी आफ्नो र आफुवरी परी त्यस्तो कुनै बच्चा भएको थाहा भएमा चिकित्सक सम्म जान सल्लाह दिएर भबिश्यमा हुन सक्ने जोसिला अनी कर्णधार पिढीलाई बौद्धिक असक्षमता हुन बाट बचाई मानवता पुरा गरौ ।