गोरखा-लब्सीबोट :   “समिट नेपाल” ले गोरखाको श्री ज्ञान ज्योति माध्यमिक विद्यालयमा “सहिद माधव अधिकारी स्मृति पुरस्कार” बितरण गरेको छ ।
गोरखाका विभिन्न भेगमा स्वास्थ्य -शिक्षामा काम गरिरहेको “समिट नेपाल” ले तत्कालीन समयमा राज्यद्वारा बेपत्ता पारिएका काफलडाँडा निवासी माधव अधिकारीको नाममा स्मृति पुरस्कारको स्थापना गरेको थियो ।
कक्षा पाँच र कक्षा आठका उत्कृष्ट दुई विद्यार्थीलाई जनही रू ३५००  को दरले “स्मृति पुरस्कार” वितरण गरिएको  समिट नेपालका संस्थापक अध्यक्ष कुष्माखर अधिकारीले बताए ।
तत्कालिन सेनाले बेपत्ता पारेको फाल्गुन १५ गतेओ सम्झनामा एक कार्यक्रमका बीच सहिद माधव अधिकारीको धर्मपत्नी शाबित्रा अधिकारी लगायत अन्य समिट नेपालका पदाधिकारी र स्कुलका सम्पुर्ण शिक्षकहरु उपस्थित कार्यक्रम सम्पन्न भएको अध्यक्ष कुस्माखर अधिकारीले बताए ।
कक्षा पाँचका उत्कृष्ट विद्यार्थी बिषाल गुरूङ र कक्षा आठका उत्कृष्ट विद्यार्थी सुयष धिताललाई पुरस्कार प्रदान गरिएको थियो ।
“बिगत तीन बर्षदेखि हामी निरन्तर गोरखाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्नेदेखी छात्रवृत्ति पुरस्कार बाँड्ने  काम गर्दै आइरहेका छौँ । गोरखा अजिरकोटकै श्री जीवन ज्योति विद्यालयमा हामीले हरेक बर्ष छात्रवृत्ति पुरस्कार वितरण गर्दै आइरहेका छौँ । शोकलाइ शक्तिमा बदल्ने हेतुले खोलिएको यस समिट नेपालबाट आगामी दिनमा अझ बढी काम गर्ने हाम्रो प्रतिबद्धता छ” अध्यक्ष कुष्माखरले भने ।
यसअघि समिट नेपालले भच्चेक स्वास्थ्यचौकीमा  करिब १५ लाख खर्चमा आधुनिक डिजिटल एक्सरे मेसिन जडान गरिदिएको थियो जसबाट त्यो भेगका मानिसहरुले नियमित सेवा पाइरहेका छन् ।
“हामी अब काफलडाँडामा रहेको जीवन ज्योति स्कुलमा कम्प्युटर सहितको आधुनिक लाइब्रेरी बनाउन लागिपरेका छौं । ईन्टरनेट सुबिधासहितको यहाँबाट गाउँमै पढिरहेका विद्यार्थीहरुले पनि बाहिरी संसारलाई चिन्ने मौका मात्र पाउँदैनन्, पछि गएर प्रतिस्पर्धा गर्नलाइ अझ सहज हुनेछ”- अध्यक्ष अधिकारीले बताए ।
करिब १५ लाखको योजना रहेको यश कार्यक्रममा सहयोग गर्न चाहने जो कसैले पनि संस्थाको सम्पर्क नम्बर 9802301081 मा फोन गर्न सक्ने समिट नेपालका अध्यक्ष कुश्माखर अधिकारीले बताए।
गोरखामा जन्मिएर संसारभर छरिएका दाजुभाइको प्रत्यक्ष सहयोगबाट यो योजना छिट्टै सफल हुने आश उनले लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय