नेशनल रेजिडेंट्स डक्टर्स एसोसिएसन (NRDA) त्रि. वि. शिक्षण अस्पतालको १३औं कार्यकारिणी समितिबाट नयाँ कार्यसमिति चयन भएको छ ।
हिजो सनिवार भएको चुनावबाट नयाँ अध्यक्षमा डा सुमन आचार्य निर्वाचित भएका छन् । अध्यक्ष पदका निम्ति तीन जनाको उम्मेद्बारी परेकोमा डा सुमनले ९८ मत ल्याएर बिजयी भएका हुन् ।
यस्तै उपाध्यक्षमा डा कमल भुसाल अनि सचिवमा डा अरुण उप्रेती निर्वाचित भएका छन् ।
सहसचिवमा डा लोकराज कँडेल निर्वाचित हुँदा ८ जना सदस्य भने निर्बिरोध चयन भएका छन् ।
आवासीय चिकित्सकको हकहितका लागि भनेर खोलिएको यो एसोसिएसनको प्रमुख जिम्मेवारी आवासीय चिकित्सकको “बैज्ञानिक वर्किङ आवर” लागू गर्दै उचित पारिश्रमिक निर्धारणमा पहल गर्नुपर्ने हुनुपर्नेमा धेरैले सुझाव दिइरहेका छन् ।
अध्यक्षमा निर्वाचित डा सुमन आचार्य प्राडा गोबिन्द केसीका सत्याग्रहका एक नियमित सहयोगी पात्र भएकाले पनि ऊनको नेतृत्व सफल हुने बिश्वास धेरै चिकित्सकहरुले लिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय