
कलंकीस्थित नेपाल नेशनल हस्पिटलले १४ बेडको ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरु गरेको छ । अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले अन्तर्राष्ट्रियस्तरको सेवासुविधा, उपकरण र म्यानपावरसहित उक्त इमर्जेन्सी सुरु गरिएको जानकारी दिए ।
अस्पतालले कलंकी क्षेत्रमा धेरै ट्रमा केस र अन्य इमर्जेन्सी केसहरु आउने भएकाले उक्त इमर्जेन्सी सुरु गरेको जनाएको छ । ‘त्यो खालको अवस्थालाई ट्रयाकल गर्न सक्ने गरी अस्पतालहरुको यो क्षेत्रमा कमी देखिएको हुँदा त्यसलाई पूरा गर्न एक्सीडेन्ट इमर्जेन्सी सेवा सुरु गरेका हौं,’ उनले भने ।
झण्डै १ करोड लगानीमा तयार भएको उक्त इमर्जेन्सी दुई वटा सिपिआर बेडहरु छन्, जसमा एकदमै क्रिटिकल केसहरु उपचार हुनेछ । ‘कुनै पनि समस्या लिएर नेपाल नेशनल हस्पिटलमा बिरामी आएपछि त्यहाँबाट सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन्,’ डा. प्रकाशले थपे, ‘इमर्जेन्सी फिजिसियनदेखि ट्रमा इमर्जेन्सीसम्मका सेवाहरु दिइनेछ । आवश्यक सुपरस्पेसियालिटी सेवाहरु पनि उपलब्ध हुनेछ ।’