आज म यहाँ छु
ती हातहरू का साथ ले
म कलम समाउँदै कसैको
शरीरको दुःख अनि दुखाइलाई मेटाउने कोशिसमा
मलाई यो कलम समाउन सिकाउने
हातहरुलाई सलाम

कैले ओरालो लाग्दा
आँखा अगाडि उभिएर हात अघि बढाउने
मेरो गलेका हातहरूमा ऊर्जा प्रदान गर्ने
ती तेजस्वी
हातहरुलाई सलाम

म झोकिएर, फनकिएर ढोका अनि
मन सँग कुस्ती खेल्दा
चकलेट अनि माया दिने ती कोमल हातहरू
आफ्ना हातका छाला समेत उपकिएर
रगत आइरहँदा
मलाई ताते ताते गर्दै सुम् सुमाउने
हातहरुलाई मेरो सलाम

म बाटो बिराएर
बारलिदै , हस्याङ फस्यंग गर्दै
टील पिल हुँदै
हात हल्लाएर बाटो अनि माटो देखाउने
हातहरुलाई सलाम

मेरो मनको कुनो भित्र पलाएको
मुनो को कुरो लाई बुझेर
हात समाई बन्धन अनि बाधा मा साथ दिने
हात लाई सलाम

म निस्सासिएर म भित्र भित्र पोलिदै गर्दा
फोन का नम्बर थिचेर
सास अनि साहस प्रधान गर्ने
हातहरुलाई सलाम!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय