नेपाल अप्थाल्मीक सोसाइटीले नामअगाडी अनाधिकृत तरिकाले डाक्टर उपाधी राखेर सर्वसाधारणलाई भ्रम पारेका घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक बिज्ञप्ती जारी गर्दै सोसाइटीका महासचिव डा पुरुशोत्तम जोशीले आँखाको क्षेत्रमा यो चलन अझै धेरै रहेको भन्दै नियमनकारी निकायको लिखित आदेश पालना गर्न सबैलाई अनुरोध पनि गरेका छन् ।
नेपाल मेडिकल काउन्सिलको कार्तिक १० गतेको लिखित सुचनालाइ उधृत गर्दै बिज्ञप्तीमा भनिएको छ- “यस्तो अनाधिकृत कामले बिषयगत विशेषज्ञताबाट उचित सेवा पाउने सर्वसाधारणको आधारभूत अधिकार हनन भएको मात्र छैन, आफ्नो परिचय लुकाएकाले दिने सेवामा समेत प्रश्नचिन्न खडा भइ अन्ततः स्वास्थ्यसेवाप्रती जनताको भरोसा टुट्नसक्छ “।
काउन्सिलको बिज्ञप्तीमा आफ्नो नाम अगाडी डाक्टर कसले लेख्न पाउने भन्नेबारे प्रष्ट पारेको छ ।
विभिन्न समयमा प्यारामेडिकल क्षेत्रका ब्याक्तिहरुले डाक्टर उपाथी राख्दा सर्वसाधारण भ्रममा परेका उदाहरण प्रसस्त छन् ।
स्वास्थ्य क्षेत्रका सबैबीचको उचित समन्वय र साझेदारीले नै सर्वसुलभ स्वास्थ्यसेवा पाउने नागरिकको अधिकार स्थापित हुने तर्क गर्दै सोसाइटीले अप्टोमेट्रिस्ट लगायत प्यारामेडिकल क्षेत्रले डाक्टर उपाथी लेख्न हतारिनुभन्दा आफ्नो काम कर्तव्यबारे सर्वसाधारणलाई प्रष्ट बुझाउन प्रयास गर्नु उत्तम हुने भन्दै भबिस्यमा यस्ता घटना नदोहोरियोस् भन्नेमा सबै जिम्मेवार पक्ष सचेत हुन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय