
अघिल्लो पटकको चिकित्सा शिक्षा संघर्ष अभियानको क्रममा CMC,UCMS का दोस्रो बर्षका MBBS र BDS का बिद्यार्थीले नियमित परिक्षा बहिस्कार गरेपछी स्पेसल परिक्षा दिएर तेस्रो बर्ष पुगे।
IOM को अस्तब्यस्त परिक्षा तालिका अनुसार BDS 3rd Year को परिक्षा MBBS भन्दा पहिला भयो। IoM ले सधैझै BDS ko परिक्षा लियो तर MBBS को नियमित परिक्षा नलिने भएपछी MBBS का बिद्यार्थी Dean अफिस गएपछी उनिहरुको फेरि स्पेसल परिक्षा लिने कुरा आएको छ।
तर अहिले आएर IOM आफैले लिसकेको BDS परिक्षामा special exam बाट सम्मिलित बिद्यार्थीको Attendace पुगेन भनेर Result निकाल्न नसक्ने ब्यहोरा सहित कलेजलाइ चिठी पठायो। बिधार्थीहरु Dean Office र TU किर्तिपुर पुगे, किर्तिपुरले भने Exam लिसकेको हुदा परिक्षाफल निकाल्न IOM लाई पत्राचार गरेको थियो तर Iom Dean office ले वास्ता पनि गरेन र Exam departement ले भने “हामिबाट गल्ती भएको हो तर तिमिहरुले अब परिक्षा दिनुपर्छ”भनेर धम्किपुर्ण भाषामा बिद्यार्थीलाई Assistant Dean ले जवाफ फर्काएका थिए र यहि क्रममा हिजो IOM ले Result निकालेको छ। 3r Year को परिक्षा दिएर BDS का बिद्यार्थीहरुको 4Th year पढाइ शुरु भैसकेको छ।
१.Regular Exam मा सामेल हुन नपाउने गरि कस्तो special exam लिएको थियो IOM ले?
२. IOM आफैले सबै प्रकृया पुगेको भनेर बिद्यार्थी Exam मा समाबेश गराउने अनि अहिले आएर कथित रातो किताब अनुसार attendance नपुगेको भनेर दिसकेको Exam किन फेरि दिनुपर्ने?बिद्यार्थीलाई प्रशासनमा भएकाले कहिले सम्म हो पेल्ने?
३.तेस्रो बर्षको पढाइ सकेर चौथो बर्ष पढन शुरु गरिसका बिद्यार्थीको अस्ति परिक्षा लिदा नपुगेको Attendace अब कसरी पुगेर परिक्षा दिने हो?
४.बिद्यार्थीले सधै अन्यायका बिरुद्द आवाज उठाइरहनुपर्ने हो?बिद्यार्थीले एक मनले कहिले देखि पढ्न पाउँछन्?
बिद्यार्थीमाथी कहिले सम्म अत्याचार गर्ने हो IOM ले? एकपटक लिसकेको परिक्षा फेरि किन दिने बिद्यार्थीले?
बिद्यार्थीको भविष्यमाथी IOM ले गरेको यो खेलबाड, अत्याचार,अन्यायका बिरुद्ध सबैले आफुले सकेको बिरोध गरेर यस्ता गलत प्रवृत्तिबाट सच्चिन दवाव दिऔ र बिद्यार्थीलाई सहज बनाउन सबैले पहल गरिद्नुहुन हार्दिक अनुरोध गर्दछु।
(लेखक एमबीबीएस इन्टर्नसीप गरिरहेका छन्)।