“…त्यस्ता विद्यार्थीको हकमा चिकित्सा शिक्षा आयोगले गर्न सक्ने र मिल्ने भनेकै आगामी साझा प्रवेश परीक्षामा उनीहरुलाई संलग्न हुन लगाएर योग्यताक्रम अनुसार फेरि पढाइ शुरु गर्न लगाउने हो।” डा. गोविन्द केसीले विज्ञप्ति मार्फत यसो भनिसकेपछी मलाई केहीकुरा भन्न मन लाग्यो।

१. डा. केसीले भनेझैं हाम्रो समस्याको हल त हामी सम्बन्धित देश फर्केर उतै पढ़ाईं र इन्ट्रनशीप गर्नाले नै हुन्छ र हामीलाई पनि यही उपयुक्त हो । यसमा दुईमत छैन तर चीनको यो ‘अघोषित नाकाबन्दी’को बन्दी कहिलेसम्म हुने त?

२. ठीक छ डा. केसी हामी हाम्रो कर्म त्यहीँ गर्छौं जहाँ हाम्रो ‘बिरूवा’ रोपिएको छ ! अनि यत्तिका दिनसम्म हाम्रो ‘समस्या’मा चासो चैं नि नराख्ने अनि मन्त्रालयको निर्णय आऊने बित्तकै एकाएक हामीले कसैको ‘भाग’ नै खोस्न लाग्याझैं जाग्नु भएको देखेर म केवल अचम्मित हुनसकें।

३. नेपाल फ़र्किएकाहरुको अध्ययन अनलाइन सिवाय केही हुन सकेको छैन, यस्तो पाराले कस्तो ‘चिकित्सक’ बन्ने हो प्रश्नले हामीलाई कहाँ नपिरोलेको हो त? कसलाइ रहर नहोला कक्षामा नै बसेर अध्ययन गर्न?

४. फर्कीएको २ साल भो, यसबीच झन्डै ३५०+ विध्यार्थी ले आफ्ना तरिकाले पहल, प्रश्न गरिराखेकै छन्। तर जताततै आस मात्रै बाँडेको सबैले देखेकै हुन्। पहलका लागी कहींकतै बाँकी छैन।

५. अनि डा. केसीले नेपालमा पढ्ने हो भने इन्ट्रान्स दिएर मात्रै पाइनेकुरो गर्नुभएको रहेछ। अनि चीनचाहिँ हामी ‘योग्य’ नभएर गएको हो र? त्यसो हो भने मैले अन्तिम इक्जाम पाटनको दिएको छु। पास लिस्टमा नाम छ ( अझ भन्दा त्यो बेलाको दोस्रो लिस्टमा नाम निस्केको छ, त्यो नभए इंटरभ्युमा ३००+ भित्र Partial Scholarship को लागी मेरो पनि नाम छ), त्यै अनुरूप पढ़ाऊने भए म तयार।

६. नेपालमा र चीनमा छात्रवृति यात्राले ३ वर्ष लाग्यो, अहिले चीनमा तेस्रो वर्ष भाषा सहित ४ वर्ष गयो। अनि यो महत्वपूर्ण ७ वर्ष ठट्टा हो र? कोरोना हाम्ले सारेको हो र? चीनको प्रतिबन्ध हामीले भनेर लगाएको हो र?

७.यसरी ‘ल्याङफ्याङ’ पाराले चिकित्सा पढ्ने सायद कसैको पनि रहर होईन नै। मेरो कुरो; ऊ बेला ‘भोलि’ कसले देख्यो र- देख्या भए त्यो चीनियाँ भाषामा विदेशीलाई टप्दाको मिहेनतले त यहीं नाम निक्लिने रैछ भन्ने बुझ्थें होला ! अन्तिम इन्ट्रान्स पाटनको देको(यसको कथा छ), निर्णय हामी हेरेर राज्यले हामीलाई निर्णय दिए हुन्छ।

८.अन्तिम कुरो चीनसंग राज्यले कूटनैतिक पहल गरोस्, उसलाई प्रश्न गरोस् हामी विध्यार्थीको अध्ययन बारे। हामीलाइ चीनले गरेको ‘मगन्ते’झैंको व्यवहारले कसैलाई राम्रो गर्दैन। र राज्यले पनि हामीलाई ठोस निर्णय दिओस त्यै अनुसारको बाटोबारे विमर्श हुनेछ हाम्रो पनि तर ‘शरणार्थी’झैंको व्यवाहरप्रति दुःखी छौं !

(चीनमा एमबीबीएस अध्ययनरत लेखक कोरोना महामारीपछि नेपालमा छन् र चीन फर्किएर आफ्नो पढाइ पूरा गर्ने दिनको पर्खाइमा छन् ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय