चितवन मेडिकल कलेजले नियामक निकाय आइओएमको लिखित आदेशलाइ अटेर गर्दै पुनः परीक्षामा गैरकानुनी शुल्क असुल गरिरहेको छ ।
एकपटकको परीक्षामा जम्मा तीन हजार मात्र लिन पाउने भनी आइओएमले जारी गरेको आदेशलाइ धज्जी उठाउँदै कलेजले एकै विद्यार्थीबाट २१००० सम्म असुल गरेको छ ।
आफूहरुले तोकिएको शुल्क नदिए परीक्षामै बस्न नदिने धम्की दिएपछि बाध्य भएर आफुहरुले पैसा तिरेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
यसबारे प्रश्न गर्दा कलेजका प्रशासन प्रमुख अरुण कोइरालाले भनेको सम्झँदै विद्यार्थी भन्छन् -” हामीलाई आइओएमले कुनै आधिकारिक सुचना दिएको छैन । तीन हजार मात्र लिनु भन्यो भने हामी मानिहाल्छौँ नि । तर, अहिलेचाहिँ तपाइँहरुले प्रत्येक बिषयको तीन -तीन हजार बुझाउनुपर्नेछ “।
तर, आइओएमले कार्तिक १४ गते सार्वजनिक सुचना नै निकालेर तीन हजार भन्दा धेरै नलिनु भनेर कलेजहरुलाइ आदेश नै दिएको थियो ।
नियामक निकायको आदेशलाइ खिल्ली उडाउँदा पनि जिम्मेवार निकाय चुप बसिरहेको भन्दै नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थीले भने-“कलेजको यो अन्याय विरुद्ध बोलौँ-मानसिक लगायत परीक्षामा फेल गराइदिने डर । नबोलौँ- तोकिएको भन्दा बढी पैसा कहाँबाट तिरिरहन सक्नु । हाम्रो अभिभावकको पैसा चाहिँ बोटमा फल्छ र”!
चुपचाप पढेर पेशागत दक्षता प्राप्त गर्ने समयमा दिनहुँ आन्दोलन गर्नुपर्दा आफुहरु कमजोर बनिसकेको बताउँदै अर्का एक विद्यार्थीले भने-“कलेजको ढोकाबाट छिर्नेबित्तिकै लुटिरहेर तोकिएको भन्दा दोब्बरसम्म असुल्ने अनि पास भइसकेपछीचाहिँ त्यही विद्यार्थीलाई तीस हजारमा काम गराउने? स्वयंसेवा गरे हुन्थ्यो भन्ने आश गर्ने”?
विद्यार्थीका यस्ता प्रश्न अनेकौं छन् -उत्तर को सँग छ होला?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय