
जनस्वास्थ्यकर्मीहरुको हकहितका लागी स्थापित नेपाल जनस्वास्थ्य संघ (नेफा) बाग्मती प्रदेशमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।
सङ्घको बाग्मती प्रदेशको अध्यक्षमा प्रा डा किशोर अधिकारी निर्बिरोध निर्वाचित भएका छन् ।
नेफाको केन्द्रिय कार्यसमिति र प्रदेश कार्यसमितिको आगामी नेतृत्वको लागि यहि पौष २४ गते मतदान मिति तोकिसकिएको छ। तर बाग्मती प्रदेशमामा भने सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ।
दुई दिन अधि भएको उपाध्यक्षमा सुजन श्रेष्ठ , सचिबमा रुद्र शर्मा सह सचिबमा देवराज रेग्मी निर्बाचित भएका छन् ।