
संसदीय समितिले मडिकल कलेजहरुमा देखिएको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएको छ। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको छ।
सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न समितिले सरकारलाई निर्देशन दिएको हो। बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई घचघच्याएको छ।
यस अघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै समितिका सभापति जयपुरी घर्तीले अहिलेको विषय के हो, सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिइन्। उनले बढी शुल्क लिने मेडिकल कलेजहरुलाई कारवाहिको दायरामा ल्याउन पनि निर्देशन दिइन्।
पछिल्लो समय मेडिकल कलेजहरुले बिद्यार्थीहरुबाट विभिन्न बहानामा अतिरिक्त शुल्क माग गर्दै आएका छन्। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले जारी गरेको सूचना अनुरुप विद्यार्थीको भर्ना लिन अटेरी गरेको पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए।