चितवनको विकट सिद्धि, तीनदोभानमा रहेको ‘सिद्धि चेपाङ छात्रबास’ का १५ छात्र र २५ छात्रासहित ४० जना सिमान्तकृत समुदायका र विपन्न परिवारका चेपाङ बालबालिकाहरुको लागि आधुनिक शौचालय बनाउने पहल सुरु भएको छ ।
डा सुबास बस्नेतको नेतृत्वमा यो पहल भएको हो!
चालिस जना बालबालिका बस्ने यो छात्रबासमा जम्मा एउटा मात्र काठले बारेको शौचालय छ जसमा पानीको चरम अभाव छ।
अहिले चलिरहेको अभियानबाट पक्की शौचालय निर्माण र पानी संकलन गर्ने ट्याङ्कीको ब्यवस्थापन गर्ने डा सुबासले बताए ।
आफ्नो पेशासँगै सामाजिक काममा पनि निरन्तर अगुवाइ गरिरहने डा सुभाषले बिगत दुई बर्षदेखि यस छात्रबासलाइ निरन्तर सहयोग गरिरहेको बताए।
“केही हप्तापहिले म खाद्यान्न लगायतका सामाग्री लगेर त्यहाँ पुग्दा त्यहीँको यथार्थ देखेपछी पक्की शौचालय बनाउने सोचलाई मुर्तरुप दिन लागिपरेको हुँ” -उनले भने ।
…..
“सुनौलो किरण संस्था” नाम दिइएको यो छात्रवास त्यहीँकै स्थानीय भरत चेपाङले खोलेका हुन् । अत्यन्तै दुर्गम भेगमा पर्ने भेगमा सीमान्तकृत बालबालिकाले आधारभूत शिक्षा नलिइ जीवन बिताएको यथार्थले पोलेपछी यो छात्रबास स्थापना गरेको भरतले बताए ।
“हाम्रो यो भेगमा पहिलोपटक एसएलसी पास गर्ने मै हुँ। नत्र, यहाँका अधिकांश बच्चाहरु कलिलै उमेरमा बिवाहा गर्ने , जिन्दगीभर निरक्षर रहने अनि खाद्यान्नको अभावमा कुपोषण लगायत अन्य रोगहरुको सिकार हुने चक्र घुमिरहन्छ” – उनले भने ।
स्थानीय निकाय एवं अन्य गैरसरकारी संस्थाहरु कसैले कुनै सहयोग नगरेको बताउँदै उनले भने -” यहाँका मान्छेलाइ सरकार भन्या के हो भन्ने थाहै छैन किनकी उनीहरुले त्यसको अनुभुती आफ्नो जीवनभर कहिल्यै गर्नै पाउन्नन् ” ।
“एक छाक भात खान पाउनु पनि यहाँका बच्चाहरुको भाग्य हो । एक-दुई जना सुत्न मिल्ने कोठामा यहाँ २० जनासम्मलाइ राखिएको छ । यति नगरेको भए आजसम्म कोहि पनि आफ्नो पढाइलाइ निरन्तरता दिने अवस्थामा हुने थिएन ” -भरत चेपाङले भने ।
भरत चेपाङले खोलेको यो छात्रावासको बारे कसैले यथार्थ बुझेर यो अभियानमा सहयोग गर्न चाहे भरत चेपाङको मोबाइल नम्बर 9864178366 मा सम्पर्क गर्नहुन अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय