“समिट नेपाल” ले गोरखा-काफलडाँडामा रहेको जीवन ज्योति माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुका साथै छात्रवृत्ति रकम वितरण गरेका छन् ।
आजभन्दा चार बर्ष पहिले असामयिक मृत्यु भएकी आफ्नी जीवनसंगिनी सुशील अधिकारीको नाममा खोलिएको यस समिट नेपालले बितेका तीन बर्षदेखि निरन्तर गोरखाका बिद्यालयहरुमा यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइरहेको संस्थाका संस्थापक अध्यक्ष कुस्माखर अधिकारीले बताए ।
हिजो सोमबार भएको एक कार्यक्रममा जीवन ज्योति बिद्यालयका इसिडीदेखि कक्षा तीनसम्मका विद्यार्थीलाई झोलासँगै कापी-कलमपनि बाँडिएको थियो ।
यस्तै कक्षा चार-पाँचका विद्यार्थीलाई कापी-कलम बाँडिएको थियो।
यो पटकको कापीको खर्चचाहिँ स्थायी घर भएका कमल दुवाडीले आफ्ना स्वर्गीय पिता सुर्यप्रसाद दुवाडीको(जो तत्कालीन जनयुद्धमा बिद्रोही पक्षद्वारा मारिएका थिए) नाममा गरेका समिट नेपालका अध्यक्ष कुस्माखरले बताए ।
यहि कार्यक्रममा कक्षा पाँच ,आठ अनि एक जेहेन्दार विद्यार्थीलाई जनही पाँच हजार र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यो कार्यक्रम बिगत तीन बर्षदेखि नियमित चलिआएको छ ।


बिगत तीन बर्षमा भएका यो कार्यक्रममा राजेश अधिकारीले नियमित बिस्कुट लगायत खाद्यान्न प्रदान गर्दै आइरहेका छन् ।
वडाध्यक्ष तोयाराज गुरुङ लगायत अन्य स्थानीय सहभागी भएको कार्यक्रममा समिट नेपालले गरिरहेको सहयोगले विद्यार्थीमा सकारात्मक प्रभाव भइरहेको बताउँदै नियमित अनुगमन गरिरहनुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समिट नेपालका अध्यक्ष कुस्माखर अधिकारीले आगामी बर्षहरुमा बिद्यालयलाइ कम्प्युटर हस्तान्तरण गर्ने बताउँदै सहयोगलाई बृहत बनाउने पनि बताए ।
समिट नेपालले भच्चेक स्वास्थ्यचौकीमा पन्ध्र लाख रुपैयाँको डिजिटल एक्स-रे मसिन पनि जोडिदिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय