
चिकित्सक अनि पिर!
ओहो, दुई सब्द एक अर्काका परिपूरक हुन् ।
एउटा चिकित्सकलाई भेट्न बिरामी पिर परे पछि मात्र , कैले शारिरिक पिर कैले मानसिक पिर ?
पिर लाई छुटकारा दिलाउन उसले बिरामी सँग गफ गर्छ, अंग अंग खोज्छन्, बोल्छन, कुरो सोध्छ्न, पिर को बाटो के हो भनेर पत्ता लगाउन खोज्छन् , तर त्यही चिकित्सक को पिर ओहो यति ठूलो छ ?
जसको कुनै मल्हम लगाउने ठाउँ नै छैन, दिनहर अरूको पिर लाई पर सार्ने चिकित्सक लाई यसो एकपल्ट केही पिर छ भनेर भन्नुस् त उसले , तपाईंलाई उसको समस्या सुन्दिनुस मात्र घण्टौं घण्टौं सम्म सुनाइरहन्छ ?
किन कि डाक्टर लाई के को पिर हुन्छ र भन्ने भनाई हाम्रो देश मा छ ? न डाक्टर लाई पैसो को पिर, न बिरामी हुनु पिर , न खाना लाउन पिर ओह ? सुन्दा त हामी मान्छे नाई हैन फलाम को डण्डी जस्तो अडिग ?
ल आउनुस पैले वर्गीकरण गरौं चिकित्सक पिर को स्केल मा ?
१० धेरै
१ थोरै
१.१०+ अति धेरै पिर भएका चिकित्सक, न घर का न घाट का भने जस्तो
१०+ अर्थात् अनगन्ती समस्या ? लथालिङ्ग जीवन अनि समय ?
यस्तो खाले पिर भर्खर एमबिबिएस पास गरेर इन्टरन गर्दी गरेका र पास भएका १ वर्ष पुगेका !
ओहो चिकित्सक भइयो गमक्क फुल्यो , जागिर खोज्न गयो उही तीस हजार महिना को, अनि घण्टे खेताला को रेट रु १००० ८-२ बजे सम्म, रु १००० २-८ बजे सम्म अनि रातो ८-८ को २००० , घण्टे खेताला त्यसमा नी ओहो ठेकदार हरुको ठेक्का !! कोई विदेश जाने को पिर , विदेश जाम राम्रो गाडी, घोडा चड्न पाइएन, ओहो भन्दै कोही अमेरिका, कोही लन्डन तर कुरो अड्किन्छ पैसो मा , भर्खर ५ वर्ष अघि ४० लाख दिएका बा सँग म बा विदेश जान्छु, उतै काम गर्छु, मिले सम्म फर्कन्छु भनेर छाती भरी तीतो लिएर माग्नु पर्ने, देश मा उही ज्यादती, अनि श्रम शोषण ।
युवा चिकित्सक देश का कयौं अस्पतालमा व्यापरी चिकित्सक बाट नै श्रम शोषण गरेसी , उ त्य डाक्टर ले खोलेको अस्पताल दिएको छ भन्दै खुले आम छाती पिटेर भन्छन । पास गर्यो सपना देख्छन्, तर सपना तुहिन्छ केही महिना नबित्दै ? न धन जोडिने, न समय किन्न सकिने ? न ज्यान जोगाउन सकिने उमेर अर्थात्
यो खाले चिकित्सक भनेको मादल उमेर जस्तो ताल र सुर भए जस्तो लाग्ने काम नहुने, मज्जा आए जस्तो लाग्ने ओहो खुसी हुने अनि अलिक समय खरी उडेर जाने, जो आए पनि जुन ठाउँ मा नी बजाएर जाने ?
२. ७-९ कस्ता चिकित्सक जो भर्खर पिजी गरेर नाम को पछाडि डा…….(एमबिबिबिएस) (एम डी) ओहो अब त पैसो कमाउने भइयो भनेर गद गद अब गाडी किन्ने हो , बिहे गर्ने हो भन्दै फुर फफराएर, ओहो केही छैन । जागिर खोज्न गयो उही ५० हजार , के भन्ने भर्खर उम्रेको पात हो तिमी दिनभर ओपिडी बस्ने, बिरामी कुर्ने तिमीलाई २० प्रतिशत , मलाई ८० है भन्ने ? हुन् पनि होला पहिले देखि को १० औं वर्ष को मेहनत ओके ठीक छ तर दिनभर बसेर कमाइदेको पैसा को १०-२० प्रतिशत दिएर उसको घर कसरी चलेको होला नसोच्ने , अर्थात् त्यति बेला सम्म त्यो अर्को चिकित्सक व्यापारी बनी सक्छ ? पढाइ, परिश्रम अनुसार आइज गर भन्ने तर पसिना को मूल्य लाई मूल्य हिन बनाउने । ओहो पिर कति हो कति भनेको मतलब अब के भन्न थालियो MD नगरी खै हुँदैन है भन्ने ? त्यहाँ नी धौ धौ , अन्तिम मा उ पनि उही पनि मुग्लान जना खोज्ने ?
……
+२ पढेपछि कम्तीमा १० बर्ष पढेपछि अलिकति शान्तको सास फेर्न पाइन्छ।
तर,
एकैछिनमा बेचैनी भइन्छ।
किनकी,
पढे अनुसारको काम पटक्कै पाइन्न।
सरकार अनि जिम्मेवार निकायको रबैयाले बिरक्ती बाहेक केही पैदा गर्दैन।
जब कल्पना र यथार्थ बीच गहिरो खाडल स्वयं देखिन्छ, मान्छे स्वत निराश हुन्छ ।
नेपालमा डाक्टरहरुको भएको यहि हो।
“एमबीबीएस पढेपछि त जिन्दगी पक्कै सेटल हुन्छ” भन्ने न्यारेटिभ जबर्जस्ती स्थापित गरिएको छ ।
भख्खरै जुँघाको रेखी पनि बस्न नपाइरहेको उमेरमा आफ्नो फाइदाका लागि विभिन्न कन्सल्टेन्सीले जबर्जस्ती भ्रम छर्दै हिडेका छन् !
यस्तो भ्रम,
जुन भ्रम तोड्न सायदै सकिएला।
…
फलस्वरूप ,
एमबीबीएस पछि MD गर्न नपाइ यत्तिकै थुप्रिनेको संख्या बढ्दैछ र यसले निराशाबाहेक केहि बढाएको छैन ।
निराशा जम्मा भएर बन्ने भनेको आक्रोश-उत्तेजना नै हो!
र,
एकदिन यो पक्कै बिस्फोट हुनेवाला छ।
एउटा भनाइ छ,
“तिमी आफ्नो लागि आफैं लड्न चाहन्नौ भने हार पहिल्यै स्वीकार गर “!
मेडिकल क्षेत्रमा ठाक्कै यस्तै भइरहेको छ।
आफ्नो मुद्दामा आफैं लड्न नसक्ने।
अनि,
गुनासोका पोका मात्र पोखिरहने।
आफू आफू लड्ने , अनि, आदर्शका गफ दिइरहने?
यसरी त पाइने भनेको त्यजी एउटा “हार” भन्ने उपहार नै हो।
चिकित्सा क्षेत्रको यो तमाम बेतिथीसङ एउटा पुस्ता त पक्कै लड्नेछ।
किनकी,
सबै हामीहरु जस्तो अग्रिम हार स्वीकार्नेहरु हुँदैनन्!
साँच्चै,
को होला है यो पुस्ता?